भारतका सरकारी अस्पतालमा कोरोनाविरूद्ध खोप सर्वसुलभ

File photo

भारतका सरकारी अस्पतालमा कोरोनाविरूद्धको खोप सर्वसुलभ रुपमा पाइने भएको छ।

अभियानको दोस्रो चरणअन्तर्गत आगामी मार्च १ देखि सरकारी अस्पतालमा हरेक नागरिकले कोरोनाविरूद्धको खोप पाउने केन्द्रीय मन्त्री प्रकाश जावडेकरले जानकारी दिएका छन्। 

सरकारी अस्पतालमा जेठ नागरिकले खोप पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

भारतमा कोरोनाविरूद्धको खोप लगाउने ६० वर्षमाथि उमेर भएकाहरूको संख्या १० करोडभन्दा बढी रहेका छन्। 

दोस्रो चरणमा १० हजार सरकारी र २० हजारभन्दा बढी निजी क्षेत्रका मानिसले खोप पाउने छन्। 

मन्त्री जावडेकरका अनुसार, भारत सरकारले दोस्रो चरणमा सरकारी क्षेत्र कोरोनामुक्त हुने अपेक्षा गरेको छ। 

यस समयमा ४५ वर्षमाथिका बिरामी भारतीय नागरिकसमेत सहभागी हुने बताइएको छ। 

सरकारी अस्पतालमा कोरोनाविरूद्ध खोप निस्शुल्क मिल्ने मन्त्रालयले जनाएको छ तर निजी अस्पतालमा भने केही शुल्क लाग्ने छ। निजी अस्पतालमा लाग्ने रुपैयाँको मूल्य भने स्वास्थ्य विभागले हप्ता दिनभित्रै तोक्ने छ। 

चीन र रुसले गत अगस्टदेखि खोप लगाउन सुरु गरेका थिए। अमेरिका, ब्रिटेनलगायत अन्य देशमा डिसेम्बरबाट खोप लगाउन सुरु गरिएको हो। भारतमा करिब ४० दिनअघि गत जनवरी १६ मा कोरोनाविरूद्धको खोप लगाउने काम थालिएको थियो।

प्रकाशित मिति: : 2021-02-24 17:02:00

प्रतिकृया दिनुहोस्