‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बाह्रखरी
धरान जाने बसमा चढेँ, तर मन भने धेरै निराश थियो। यति धेरै निराशा र दुःख सायद कहिल्यै भएको थिएन। बाटोमा धेरै मानिसहरू बसमा चढ्थे र उत्रन्थे पनि। तर, म भने टाढा कहीँ कतै थिएँ। अर्थात्, धरानमा थिएँ, फुस्रेमा थिएँ। सर्दु खोलमा थिएँ।
सारा धरान बजार मभरि फनफनी घुमिरहेको थियो। भानुचोकको हुलमा म एक छिन मिसिन्थेँ। भानुको मूर्तिलाई हेर्थेँ। सो मूर्ति कहीँ कतै हराउँथ्यो। अनि, दन्तकालीमा पुगेर सुस्ताउँथेँ। दन्तकालीदेवीका सम्बन्धमा पहिले कहिल्यै म यति सिरियस थिइनँ। तर, आज मलाई लाग्यो– धरानमा बसबाट ओर्लेर सिधै दन्तकालीदेवी कहाँ पुगूँ। अक्षता र फूल चढाऊँ र केही समय सारा विगत र सारा वर्तमानलाई भुलेर देवीको शरणमा ध्यान मग्न होऊँ।
त्यहाँबाट म मास्तिर जान्छु। बूढासुब्बासम्म पुग्छु। अग्ला बाँसका झ्याङहरूमा लुक्छु। र, फेरि बसमा हुन्छु।
बाटामा केही कलकारखाना आउँछन्, खेतहरू देखापर्दछन्। बाटामा पहाड र तराईका मिश्रित अनुहारहरू आउँछन्। सुन्तलाको भारी बोकेर भर्खरै पहाडबाट झरेका लालीगुराँसहरू देखापर्दछन्। ती सबैबाट म भने बेखबर छु। धरानबाट म पहाडहरूमा उक्लन्छु र अरुण नदीको किनारामा पुग्छु। त्यसकै किनारै–किनार अगाडि बढेर म पिखुवा खोलालाई भेट्छु। पिखुवा मलाई आफ्नै खोलाजस्तो लाग्छ। त्यहाँसम्म पुग्न मैले पिखुवाको २०÷२२ जँघार तर्नुपर्ने हुन्छ।
हिउँदको महिना भएकोले हिउँजस्तो चिसो पानी छ। म सर्वाङ काँप्दै जँघारहरू तर्न लाग्छु। खोलाको किनाराहरूमा स–साना भट्टीहरू देख्छु। भट्टीमा सरासर पस्छु। जाँडका निगारहरूमा आफूलाई केही समय साट्छु। साँझ झमक्क परिसक्छ। गोरेटोको नामोनिशान केही देखिन्न। त्यही भट्टीमा रात काट्छु। कुखुराको चखिलो मासु र रक्सीका धेरै बोतलहरूसँग दुःख गरी कमाएको नोटहरू साट्छु।
कुनै सानो स्टपमा गएर बस अड्छ र मेरो तन्द्रा भंग हुन्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया