प्रधानमन्त्री ओलीद्वारा माटोको डिजिटल नक्साको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्सा (डिजिटल स्वाइल म्यापिङ) को उद्घाटन गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले माटोको डिजिटल नक्साको उद्घाटन गरेका हुन्।

माटोको डिजिटल नक्सा (डिजिटल स्वाइल म्यापिङ) मा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जिपिएस माध्यमबाट कम्प्युटर प्रबिधि प्रयोग गरी तयार पारिएका नक्सा नै डिजिटल नक्सा हुन्।

माटोमा रहेका तत्वहरु र तिनलाई वातावरणीय कारण पर्ने प्रभाव समेतलाई गणितीय तथा तथ्यांकीय मोडेलको माध्यमबाट प्रयोगशालामा विश्लेषण गरिएका माटोको नतिजाको आधारमा तयार पारिने यस्ता नक्साले माटो सम्बन्धित विविध सूचना दिने गर्छ।

यो नक्साबाट भौगोलिक स्थान विशेषका माटोको प्रकार थाहा पाउन सकिनेछ। माटोमा रहेका अम्लीयपन, प्राङ्गारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा, सुक्ष्म पोषक्तत्व, जिङ्क तथा बोरोनको मात्रा थाहा पाउन सकिन्छ।

यो डिजिटल नक्सा वेबसाईटमा 

प्रकाशित मिति: : 2021-02-24 17:34:00

प्रतिकृया दिनुहोस्