महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका फिलिप्स

Photo : espn
Photo : espn

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ। 

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) पछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए। त्यस सँगै उक्त पद खाली थियो। 

एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको हो। फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत छन्।  
 

प्रकाशित मिति: : 2021-02-26 07:31:00

प्रतिकृया दिनुहोस्