गाई काटेको अभियोगमा ३ जना पक्राउ

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

बाँकेमा गाई काटेको अभियोगमा ३ जना पक्राउ परेका छन्।

नरैनापुर गाउँपालिका-१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १० केजी गाईको मासुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: : 2021-02-26 17:23:00

प्रतिकृया दिनुहोस्