 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
रविन पुन मगर (आइडु)
 
                                किशाेरावस्थाकाे तेजिलाे उमेरमै राजकुमार बिष्ट (५१ वर्ष)ले सत्ता परिवर्तनकाे सपना देखे। रुकुमकाे चुनवाङ्गस्थित लाखर गाउँमा जन्मिएका उनमा १५/१६ वर्षकाे उमेरमै राजनीतिक चेत आइसकेकाे थियाे। वि.सं. २०५२ सालमा १० वर्षे जनयुद्ध सुरु हुनुअघिकाे त्याे गर्भे संघर्ष, जुन नेकपा मसालबाटै सुरु भएकाे थियाे, त्यही मसालनिकट विद्यार्थी संगठन अखिल छैठाैँबाट उनले विद्राेहकाे आवाजलाई तरङ्गित गर्न सुरु गरेका थिए।
जनयुद्धकाे गर्भे संघर्षमै बिष्टले अनेकाैँ संघर्ष गरे। बिष्ट २०४६ सालयता राज्यमा भएका परिवर्तनका साक्षी मात्र हाेइनन्, परिवर्तनका संवाहक पनि हुन्। उनले जीवनमा जे–जे गरे जनता र राष्ट्रकाे हितकाे लागि गरे। त्याे पनि जनवादी संगीतकाे माध्यमबाट।
०००
१७ वर्षकाे उमेरमा विद्यालय जाँदा बिष्टका झाेलामा कम्युनिस्टका किताबहरु हुन्थे। कपीका पानाहरुमा क्रान्तिकारी गीतहरु कोरिन्थे। तर, सबै गुपचुप। दिनभरि विद्यालय र घरकाे काम सकेर रातमा संगठनिक गतिविधिमा सक्रिय हुन्थे। उनी, मस्त बिष्ट, सूर्यप्रकाश पुन, हस्तराम घर्ती, बरमान बुढालगायत युवा मिलेर अखिल छैठौंको टोल कमिटी बन्याे।
.jpg) संगठनमा जोडिँदै गर्दा उनमा अग्रज पूर्ण घर्ती (हाल प्रतिनिधिसभा सदस्य)को स्कुलिङ (प्रशिक्षण)मा कलाकारितातिर रुचि बढ्यो। उनी प्रगतिशील गीतहरु गाउन र नाच्न थाले। विद्यालयकाे जन्मोत्सवहरुमा क्रान्तिकारी गीत र नाचहरु देखाउन थाले। समूहमा सहयोद्ध मस्त बिस्ट, सूर्यप्रकाश पुनसँग यात्रा सुरु भयो। विद्यार्थी संगठन भित्रको सांस्कृतिक मोर्चा सम्हान्थे, राजकुमार। कला यात्रा निरन्तर थियो। पछि उनी सिस्ने सांस्कृतिक परिवारमा आबद्ध भइरहे।
संगठनमा जोडिँदै गर्दा उनमा अग्रज पूर्ण घर्ती (हाल प्रतिनिधिसभा सदस्य)को स्कुलिङ (प्रशिक्षण)मा कलाकारितातिर रुचि बढ्यो। उनी प्रगतिशील गीतहरु गाउन र नाच्न थाले। विद्यालयकाे जन्मोत्सवहरुमा क्रान्तिकारी गीत र नाचहरु देखाउन थाले। समूहमा सहयोद्ध मस्त बिस्ट, सूर्यप्रकाश पुनसँग यात्रा सुरु भयो। विद्यार्थी संगठन भित्रको सांस्कृतिक मोर्चा सम्हान्थे, राजकुमार। कला यात्रा निरन्तर थियो। पछि उनी सिस्ने सांस्कृतिक परिवारमा आबद्ध भइरहे।
०००
वि.सं. २०५२ साल फाल्गुन १ बाट माओवादी शसस्त्र द्वन्दमा गयो। पार्टीको लडाकु जथ्थाले राज्यका थुप्रै संयन्त्रहरुमा आक्रमण गर्दै गयो। उनी पनि युद्ध मोर्चामा खटिए। मादलको ताल र बाँसुरीका धुनले जनताको विचारमा परिवर्तन लाग्दै गए।
सत्ता पक्ष र माओवादी पक्षकाे दाेहाेराे युद्ध जारी थियाे। सत्ता पक्षले पनि उनीहरुविरुद्ध दमन गरिरह्याे। उनी पनि सत्ताकाे दमनविरुद्ध धावा बोल्दै गए। रुकुमको महत गाउँका कृष्ण बुढालाई लडाकुले आक्रमण गर्याे। उनको मृत्यु भयो। साे घटनामा सहभागीता भएकाे भन्दै राजकुमारलाई प्रहरीले पक्राउ गर्याे। ‘म त्यो घटनमा संलग्न थिइन तर मलाई घरबाटै गिरफ्तार गरेर लगियाे। र, हत्या अभियाेगमा मुद्दा चलाइयाे,’ राजकुमारले बिएल नेपाली सेवासँग भने।
उनी सांस्कृतिक मोर्चाको पश्चिम कमाण्डमा जाने तयारी मा रहेका बेला प्रहरीले गिरफ्तार गरेकाे थियाे। त्यस घटनामा महत गाउँका गणेशमान पुन, रुकुमकोटका हरि थापा, मानबहादुर हमाललगायत युवालाई राज्यले मुद्दा चलाएकाे थियाे। अन्य सहयोद्धाहरु दुई वर्ष जेल बसेर रिहा भए। राजकुमारले पनि जिल्ला अदालतमा मुद्दा जितेर फर्किए। तर, प्रतिपक्षले पुनारावेदन अदालतमा मुद्दा हाले, त्यहाँ उनले मुद्दा हारे। त्यतिबेला उनी जम्म २२ वर्षका थिए। राजकुमारलाई जिल्लाले सार्वजनिक अपराधको मुद्दासमेत लगायो। त्यसपछि उनी १२ वर्ष तीन महिना जेल जीवन बिताए।
०००
त्यतिबेला जिल्ला कारागार रुकुम खलंगामा थिए, राजकुमार। मानसिक रुपमा अत्यन्त विक्षिप्त हुन्थे। कसरी जेलका पर्खालबाट मुक्त भएर पार्टीमा आबद्ध हुने भनेर सपना बुन्थे। तर, ती कुराहरु सम्भव भएनन्। जेलको बन्द प्रखालभित्र राजकुमारहरुलाई हातमा हट्कडी र खुट्टामा नेल लगाइको थियो। यसरी तीन वर्षसम्म हटकडी र नेलसँग उनले तीन वर्ष बिताए। पछि जेलमा कैदी बन्दीको चाप कम भएर उनीकाे नेल खाेलियाे। हातमा हड्कडी, खुट्टामा नेल। तर, मनमा जनयुद्धकै कुरा थियो।
 तत्कालीन माओवादीका केन्द्रीय नेता लोकेन्द्रबहादुर बिष्टसँगै जेलजीवन बिताए। त्यतिबेला उनले लोकेन्द्र बिष्टसँग भएका कम्युनिस्ट किताबहरु पढ्ने मौका पाए। उनीहरुले शारीरिक व्यायाम पनि गर्न पाए। जेलबाहिर चालेका साहित्य यात्राको अन्य पाइलाहरु जेलभित्र थपिदै गए। कथा र कविता लेख्न थाले। शारीरिक र मानसिक रुपमा आफूलाई बलियो बनाउँदै गए। छिट्टै खुला आकाश फर्किने सपना बुन्दै दिनाचर्या बिताउँदै गए।
तत्कालीन माओवादीका केन्द्रीय नेता लोकेन्द्रबहादुर बिष्टसँगै जेलजीवन बिताए। त्यतिबेला उनले लोकेन्द्र बिष्टसँग भएका कम्युनिस्ट किताबहरु पढ्ने मौका पाए। उनीहरुले शारीरिक व्यायाम पनि गर्न पाए। जेलबाहिर चालेका साहित्य यात्राको अन्य पाइलाहरु जेलभित्र थपिदै गए। कथा र कविता लेख्न थाले। शारीरिक र मानसिक रुपमा आफूलाई बलियो बनाउँदै गए। छिट्टै खुला आकाश फर्किने सपना बुन्दै दिनाचर्या बिताउँदै गए।
०००
लामो समयको जेलजीवन बिताउँदा उनको शारीरिक अवस्था कमजोर भएको थियो। नेपालगञ्जबाट उनलाई पार्टीले स्वास्थ्य उपचारका लागि काठमाडौँ पठायो। काठमाडौँमा नेता गणेशमान पुनको रोहबरना उनकाे उपचार भयाे। तत्पश्चात उनी गृह जिल्ला फर्किए। उनी थप अध्ययनका लागि बासु स्मृति नमुना विद्यालय क्याङ्सी पुगे। त्यसपछि उनी घर गए। धेरै वर्षपछि घर पुग्दाको दिन सम्झन्छन्, ‘आमाले तँलाई भेट्न पाएँ, फर्किन्नस् होला भन्ने सोचेकी थिएँ, फर्केर आइस भनेर खुसी मान्नु भयो।’
त्यसपछि पनि आमाले उनलाई पार्टीको काममा रोक्नु भएन। उनी पार्टीको जिम्मेवारीलाई पूरा गर्दै गए। विवाह पनि भयो। अहिले राजकुमारका दुई छोरा र एक छोरी छन। तर, उनकी आमा याे संसारमा हुनुहुन्न। उनी अहिले पनि आमाको सम्झनाले भक्कानिन्छन्।
 जेलजीवनबाट फर्किएपछि समाजमा त्यति धेरै अप्ठ्यारो भएन। राज्य सत्ता परिवर्तन भयाे। राजनीतिक आस्था र विचारले जेल परेका उनको पुनर्स्थापना सजिलै भयाे। जेलमा १२ वर्षभन्दा लामो समय बिताउँदा पनि उनमा कुनै पश्चताप छैन। बरु जनयुद्धमा सहभागी हुन नपाएकाे उनलाई पीर लाग्छ। ‘विगतको युद्धबाट आएको यो परिवर्तनप्रति गर्व लाग्छ। तर, अहिले पार्टीले बाटो बिराउँदै गएकोमा चिन्तित छु। पार्टीमा पहिलेको जस्तो अनुशासन छैन। याे देख्दा चित्त दुख्छ। जनयुद्धमा होमिएर आएका उपलब्धीहरुलाई सरल ढङ्गले चलाउनुपर्छ। हजारौँ घाइते/अपाङ्ग सहिदको सपना र विचारलाई पूरा गर्नुपर्छ,’ आफ्ना कुराकाे बिट मार्नुअघि राजकुमारले भने।
जेलजीवनबाट फर्किएपछि समाजमा त्यति धेरै अप्ठ्यारो भएन। राज्य सत्ता परिवर्तन भयाे। राजनीतिक आस्था र विचारले जेल परेका उनको पुनर्स्थापना सजिलै भयाे। जेलमा १२ वर्षभन्दा लामो समय बिताउँदा पनि उनमा कुनै पश्चताप छैन। बरु जनयुद्धमा सहभागी हुन नपाएकाे उनलाई पीर लाग्छ। ‘विगतको युद्धबाट आएको यो परिवर्तनप्रति गर्व लाग्छ। तर, अहिले पार्टीले बाटो बिराउँदै गएकोमा चिन्तित छु। पार्टीमा पहिलेको जस्तो अनुशासन छैन। याे देख्दा चित्त दुख्छ। जनयुद्धमा होमिएर आएका उपलब्धीहरुलाई सरल ढङ्गले चलाउनुपर्छ। हजारौँ घाइते/अपाङ्ग सहिदको सपना र विचारलाई पूरा गर्नुपर्छ,’ आफ्ना कुराकाे बिट मार्नुअघि राजकुमारले भने।
भिडियाे:
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया