दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ।

देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिए।
    
उनले भने, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको छ, महाधिवेशनमा साङ्गठनिक छलफल, पत्रकारिता र समावेशितालगायत विषयमा छलफल गर्नुका साथै नयाँ नेतृत्व चयन हुनेछ ।”

सङ्घमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन्। 

सङ्घका हालसम्म ६० जिल्ला शाखा छन् भने काठमाडौँ उपत्यकासहित सात प्रदेश समिति छन्। महाधिवेशनमा ७७ वटै जिल्ला र सबै प्रदेशबाट प्रतिनिधिको सहभागिता हुनेछ।। रासस

प्रकाशित मिति: : 2021-02-28 07:09:00

प्रतिकृया दिनुहोस्