बिएल संवाददाता
सरकारले अमेरिका र वेस्ट इन्डिजमा जारी टी- २० विश्वकप क्रिकेट लाइभ गर्न देशभरिका स्थानीय तहलाई निर्देशन दिएकाे छ।
युवा तथा खेलकुद मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाली टाेली सहभागी टी- २० विश्वकपकाे लाइभ गर्न तथा लाइभका लागि सहजीकरण गर्न निर्देशन दिएकाे हाे।
‘नेपाली क्रिकेट खेलाडीहरुकाे समेत सहभागिता रहेकाे हुँदा नेपाली टाेलीले प्रतिस्पर्धा गर्ने खेलकाे अवधिभर सबै स्थानीय तहहरुले स्थानीय तहमा उपलब्ध स्राेत र साधन बमाेजिम उपयुक्त स्थानमा क्रिकेट प्रतियाेगिताकाे प्रत्यक्ष प्रसारण गरी नेपाली खेलप्रेमीहरुकाे हाैसला बढाउने वातावरण बनाउन स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणका लागि सचिवस्तरीय निर्णय अनुसार अनुराेध छ’, मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ।
जारी प्रतियाेगितामा नेपालले आज (मंगलबार) पहिलाे खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
समूह डी’मा रहेकाे नेपालले नेरदरल्याण्डसँगै साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया