बिएल संवाददाता
सरकारले अमेरिका र वेस्ट इन्डिजमा जारी टी- २० विश्वकप क्रिकेट लाइभ गर्न देशभरिका स्थानीय तहलाई निर्देशन दिएकाे छ।
युवा तथा खेलकुद मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाली टाेली सहभागी टी- २० विश्वकपकाे लाइभ गर्न तथा लाइभका लागि सहजीकरण गर्न निर्देशन दिएकाे हाे।
‘नेपाली क्रिकेट खेलाडीहरुकाे समेत सहभागिता रहेकाे हुँदा नेपाली टाेलीले प्रतिस्पर्धा गर्ने खेलकाे अवधिभर सबै स्थानीय तहहरुले स्थानीय तहमा उपलब्ध स्राेत र साधन बमाेजिम उपयुक्त स्थानमा क्रिकेट प्रतियाेगिताकाे प्रत्यक्ष प्रसारण गरी नेपाली खेलप्रेमीहरुकाे हाैसला बढाउने वातावरण बनाउन स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणका लागि सचिवस्तरीय निर्णय अनुसार अनुराेध छ’, मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ।
जारी प्रतियाेगितामा नेपालले आज (मंगलबार) पहिलाे खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
समूह डी’मा रहेकाे नेपालले नेरदरल्याण्डसँगै साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया