'कबड्डी'को चौथो सिरिज 'कबड्डी-४' आउदै

Photo : Dayahang facebook
Photo : Dayahang facebook

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा अर्गानिक कथा र पृथक प्रयास आउन थालेका छन्। जुन खुशीको कुरा पनि हो।

यहि बिच अर्गानिक कथामा निर्माण भएको चलचित्र कबड्डीको चौथो सिक्वेल बन्ने भएको छ।  निर्माण समुहले  ‘कबड्डी ३’ रिलिज भएको करिब डेढ बर्षपछि चौथो सिरिजपनि आउने जानकारी दिएका छन्। 

राम बाबु गुरुङले निर्देशन गर्न लागेको चलचित्रमा पुराना कलाकारहरु दयाहाङ राई, निश्चल बस्नेत लगायतको मुख्य भुमिका रहनेछ।

चलचित्रको निर्माण समुहले कथाको काम पुरा भईसकेका बताएका छन्। चलचित्रको सुटिङ आगामी वैशाखदेखि सुरु हुने बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-01 14:52:00

प्रतिकृया दिनुहोस्