धुर्मुस सुन्तली फाउण्डेशनलाई ११ करोडभन्दा बढि ऋण, रंगशालाको कुर्सीमा सर्वसाधारणले नाम लेख्न पाउने

चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ११ करोड ऋण लागेको छ।  

धुर्मुस सुन्तली फाउण्डेशनले पत्रकार सम्मेलन गरेर रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गर्दा ११ करोड ऋण लागेको खुलुको हो। 

रंगशाला निर्माणको लागी  ३ अर्ब ५५ करोड खर्च भएको फाउन्डेशनले जनाएको छ। रंगशाला निमार्णको कार्य ८५ प्रतिशत सकिएको बताईएको छ। 

गौतमबुद्ध रंगशालाको कुर्सीमा सर्वसाधरणले नाम लेखाउन पाउने 

गौतमबुद्ध रंगशालाको कुर्सीमा सर्वसाधरणले नाम लेखाउन पाउने धुर्मुस–सुन्तालि फाउण्डेशनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको कुर्सीमा सर्वसाधरणले नाम लेखाउन पाउने भएका छन्।

फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन मार्फत ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरु गर्दै रंगशालाको प्यारापिटमा आफ््नो वा आफ्नो परिवारको नाम कुर्सीमा राख्न पाउने जनाएको छ।

कसैले आफ्नो वा परिवारको नाम लेखाउन चाहेमा एक लाख रुपैया फाउण्डेशनलाई बुझाउनु पर्नेछ।

‘हाम्रो रंगशाला मेरो कुर्सी’मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था फाउन्डेसनले बताएको छ। रंगशाला निर्माण अभियानमा आर्थिक संकट हुन थालेपछि फाउण्डेशनले यो अभियान सुरु गरेको बताएको छ।

प्रकाशित मिति: : 2021-03-01 15:07:00

प्रतिकृया दिनुहोस्