दलित पत्रकार सङ्घ मकवानपुरको अध्यक्षमा शुभलक्ष्मी 

राष्ट्रिय दलित पत्रकार सङ्घ मकवानपुरको अध्यक्षमा शुभलक्ष्मी विश्वकर्मा चयन भएकी छन्।

मङ्गलबार आयोजित प्रथम जिल्ला भेलाले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। सङ्घका उपाध्यक्षमा रुपक कालिराज, सचिवमा शान्ति सुनार, सहसचिवमा युवराज विश्वकर्मा, कोषाध्यक्षमा पारु प्रियार, सदस्यमा प्रज्वल सुनार, सिभा सुनार, विश्व सुनार र प्रशंसा विश्वकर्मा चयन भएका छन्। 

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङ्घका वाग्मती प्रदेश उपाध्यक्ष कमलकुमार विश्वकर्माको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईँको विशेष आतिथ्यतामा रहेको थियो। 

प्रकाशित मिति: : 2021-03-03 09:12:00

प्रतिकृया दिनुहोस्