म्यान्मारका १२ नागरिकले भारतको मिजोरममा शरण लिए

REUTERS
REUTERS

म्यान्मारमा जारी सैन्य 'कू'पछि त्यहाँका १२ नागरिकले भारतीय सीमा क्षेत्र पूर्वोत्तरको मिजोरममा शरण लिएका छन्।

सेरछिपका उपआयुक्त कुमार अभिषेकले आफ्नो जिल्लामा आठ बर्मेली नागरिकले शरण लिएको बीबीसीलाइ बताएका छन्।

स्थानीय पत्रिका मिजोरम पोष्टमा अन्य चार बर्मेलीले चंपई जिल्लामा शरण लिएको समाचार छ। 

उनीहरू भारत–म्यान्मार सीमा क्षेत्रबाट केही किलोमिटर टाढा रहेको लुंगकोल गाउँको एक सामुदायिक भवनमा बसेका छन्।

जिल्ला प्रशासनले उनीहरूको खानपिन जिम्मा लिएको बताइएको छ। 



सेना समर्थित पार्टीको आक्रमणबाट २ 'प्रजातन्त्र पक्षधर' मारिए

प्रकाशित मिति: : 2021-03-06 09:43:00

प्रतिकृया दिनुहोस्