नेपाली सेनाले सुरु गर्यो  ‘एकीकरण पदमार्ग’ प्रवद्र्धन योजना

बिएल संवाददाता

काभ्रेपलाञ्चोक
File photo
File photo

नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘ट्रेकिङ टोल’का रुपमा विकसित गर्ने योजना बनाएको छ। 

यसका लागि ६ वटा पदमार्ग पहिचान गरिएको छ। धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले जिल्ला एकीकरण अभियानमा प्रयोग गरेका विभिन्न पदमार्ग पहिचान गरिएको हो। 

गत साल धुलिखेलस्थित तत्कालीन विष्णुदल गणको ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘यूनिफिकेशन ट्रेकिङ टोल’ प्रवद्र्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो।

विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, सम्वद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्ने उद्देश्यले छवटा पदमार्ग पहिचान गरेको थियो। विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले उक्त योजनालाई पूर्णता दिन थालेको हो। 

प्रकाशित मिति: : 2021-03-08 14:48:00

प्रतिकृया दिनुहोस्