भुमि पेडनेकर र विक्की कौसल पनि कोरोना संक्रमित

फाइल तस्वीर
फाइल तस्वीर

बलिउड अभिनेत्री भुमि पेडनेकर र अभिनेता विक्की कौसल पनि कोरोनाबाट संक्रमित भएका छन्।

दुवैले सोसल मिडियामार्फत यसको जानकारी दिएका हुन्।

भुमिले भनिन्, ‘मलाई कोरोनाको लक्षण देखिएको छ। चिकित्सकको सल्लाहमा छु। मेरो सम्पर्कमा आउने व्यक्तिलाई कोरोनाको परीक्षण गर्न आग्रह गर्दछु।’ दुवै कलाकार हाल होम क्वारेन्टाइनमा छन्।

गत शनिबार अक्षय कुमार र आइतबार गोविन्दा पनि कोरोना संक्रमित भएका थिए।

अक्षयको निर्माणाधीर फिल्म ‘राम सेतु’ को सुटिङमा सक्रिय ४५ जुनियर आर्टिस्टलाई पनि कोरोना पोजेटिभ देखिएको बताइएको छ।

सबै क्वारेन्टाइनमा छन्। फिल्मको सुटिङमा सय जना उपस्थित भएको बताइएको छ।

प्रकाशित मिति: : 2021-04-05 14:32:00

प्रतिकृया दिनुहोस्