बाँके दुर्घटनाः  मृत्यु हुनेको संख्या ५ पुग्यो, ७ जनाको अवस्था गम्भीर

बाँकेको कोहलपुर नगरपालिका १२ स्थित रोहिणी खोला नजिकै शुक्रबार बेलुका भएको दुर्घटनामा  मुत्यु हुनेको संख्या ५ पुगेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अहिले ७ जना गम्भीर घाइते छन्।

सुर्खेतबाट धरानतर्फ हिँडेको मे१ख ३३४७ नम्बरको  यात्रुबाहक बस र  राप्तीसोनारीको सम्शेरन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिप्पर एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो।

दुर्घटनामा एक जनाको घटनास्थलमै  मृत्यु भएको थियो। अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएलगत्तै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले बिएल नेपाली सेवालाई जानकारी दिए।  



बस र ट्रक ठोक्किदा चार जनाको मृत्यु, ३५ घाइते



उनका अनुसार घटनास्थलबाट ४७ जना घाइतेको उद्धार गरीएको छ। घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

२ वटा क्रेन र ३ वटा स्काभेटर प्रयोग गरेर दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरिएको थियो। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ।

घटनाको पुरा विवरण शनिबार बिहानसम्म आउने  बताइएको छ। 

प्रकाशित मिति: : 2021-04-16 21:24:00

प्रतिकृया दिनुहोस्