ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
बाह्रखरी
झोक्र्याएर बसिरहेका मलहुको मनमा धेरै कुरा खेलिरहेको थियो। उनको मन शान्त थिएन। उनको आँखाको पिँध भरिएको थियो। तर, उनी निःशब्द र भावशून्य थिए। चाउरी परेको उनको अनुहार सुक्खा थियो। दयाको भाव भरिएको उनका पहेँला आँखामा लाचारीको ज्वारभाटा उम्लिरहेकोे थियो। उनी यतिसम्म लाचार कहिले भएका थिएनन्, जति लाचार उनी छोराको व्यवहारबाट भएका थिए।
उनले छोरा पाउनलाई अनेक भाकल गरेका थिए। निर्जल पेट बाबाधाममा साष्टांग दण्डवत् गर्दै शिव मन्दिर वरपर चक्कर लगाएर दर्शन गरेका थिए। घरमा अष्टजाम गरेका थिए। त्यसपछि ३० वर्ष अगडि छैटौँ सन्तानका रूपमा छोरो जन्मियो। छोरो जन्मेपछि उनले आफूलाई संसारकै सबैभन्दा भाग्यमानी बा ठाने। छोरो नजन्मेसम्म उनलाई गाउँलेहरूले अनेक लाञ्छना लगाउँदै कुरा काटेका थिए। वंश चलाउने र दागबत्ती दिने छोरा छैन भनेर उनले अनेक निन्दा खेप्नु परेको थियो। त्यही लाञ्छना र निन्दा सुनेर धेरै विचलित भए। तर, अन्तिममा छोरो पाएर संसारकै खुसी पाएको अनुभव उनलाई भयो।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया