'राब्ता'मा कृतिभन्दा पहिले अनुबन्धित थिइन् आलिया

बलिउडलाई बाहिरबाट हेर्दा जति भव्य र रमाइलो लाग्छ, त्यती हकिकतमा छैन।

निर्देशक, निर्माता, लेखक, कलाकारहरुको मनमुटाबले लगातार 'नेपोटिज्म'को संस्कार विकास गरिरहेको छ। कसैलाई चलचित्रको कथा मन नपर्नु बेग्लै कुरा हो, तर व्यक्तिगत समस्याले गर्दा करौडौँको प्रोजेक्ट गुमाउनु पनि चानचुने कुरा हैन। 

दिवंगत अभिनेता सुशान्त सिंह राजपूत र कृति सेनन अभिनित चलचित्र  ‘राब्ता’ले बक्सअफिसमा राम्रो नाम र दाम कमायो। गीतहरुपनि सुपरहिट बने।

हालै सार्वजनिक भएको एक चलचित्र म्यागाजिनका अनुसार उक्त फिल्ममा अभिनेत्रीको रुपमा कृति सेननलाई भन्दापहिले आलिया भट्टलाई अफर गरिएको थियो।

तर चलचित्र निर्माण समूहका केही व्यक्तिहरुसँग आलियालाई समस्या थियो। जसको कारण उनले सम्झौता गरिसकेको चलचित्रबाट पनि हात झिक्नपर्यो।  चलचित्र रिलिज हुँदापनि आलियाले भनेकी थिइन्, 'आफ्नै कारणले यो चलचित्रबाट बाहिरिएको हुँ।'

प्रकाशित मिति: : 2021-04-19 09:23:00

प्रतिकृया दिनुहोस्