 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                महेश नेपाली
 
                                स्थानीत तहमा निर्वाचित भएर आउने जनप्रतिनिधि त्यहाँका जनतासँग निकै नजिक छन्। हरेकसँग उनीहरुको नाता छ। आफ्नै भाइ-छोरामध्येबाट एक जना नेता बन्ने हुनाले नै स्थानीय तहलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ।
कतिपय जनताको बीचमा राजनीति गरेर नेता भएका छन् भने कति उनीहरुसँग उकाली-ओराली गर्दै लेख गाड तरेका छन्।
१२ वर्षको उमेरदेखि भोट-मधेश गरेका एक हुन्, गुठीचौर गाउँपालिका –२ का वडाध्यक्ष पृथ्वीबहादुर बुढा। जो आज पनि भेडा पालक किसान हुन्।
उनको भेडा पालन अनुभव निकै रोचक छ भने राजनीतिक अनुभव सुनाउने खालको छ।
सुरुमा उनको भेडा पालन अनुभव सुनौँ है त!
सानै उमेरदेखि भेडा पालनबाहेक अर्काे पेसा नअंगालेका उनले २०७० देखि ०७२ सालसम्ममा ४०० भेडा पुर्याएका थिए। ०७२ सालमा भेडाको महामारी आयो। उनका सात बीस भेडा मरे।
 भेडा पाल्ने बेलासम्म सधैँको सुर्ता भनेकै भेडा हुने गरेको उनले सुनाए। ‘उठबस जम्मै भेडासँगै हुन्थ्यो,’ उनले सुनाए, ‘हिउँद औल, वर्षा लेक भेडासँगै साथ संगत गर्नुपर्ने।’
भेडा पाल्ने बेलासम्म सधैँको सुर्ता भनेकै भेडा हुने गरेको उनले सुनाए। ‘उठबस जम्मै भेडासँगै हुन्थ्यो,’ उनले सुनाए, ‘हिउँद औल, वर्षा लेक भेडासँगै साथ संगत गर्नुपर्ने।’
उनी हिउँदा औल जाने ठाउँ जाजरकोटको गड्टछिन हो। त्यहाँ भेडा बेचेर गहुँ, मकैलगायत अन्न ल्याउने गरको उनले बताए।
‘अहिलेको जस्तो घरघरमा गाडी आउँदैन थियाे। गाडी नआउँदा तराईका चामल खान पाइँदैन थियो। हाम्रो खेतीपातीले छ महिना मुस्किलले पुग्थ्यो,’ उनले भने, ‘छ महिना जति औलबाट ल्याएको अन्नले धान्थ्यो।’
पछि उनी मधेश पनि झर्न थाले। भोटबाट नुन आउन छोडेपछि मधेश नुनको मुख्य स्रोत बन्यो। यातायातको विस्तार नहुने बेलासम्म उनी भेडा लिएर नुन ल्याउन नेपालगञ्जसम्म पुगेका थिए।
‘त्यसबेला खड्गर (खजुरा एयरपोर्ट।) बाट नुन ल्याउँथ्यौँ। १५ दिनजति उँधो जान लाग्थ्यो,’ उनले भने, ‘नाइन्या, घुच्ची, हट्टी कइना गाड, खान्तौरा, जडेनी गरी १०/१५ लेक काटेर घर आउँथ्यौँ।’
यातायातको विकास हुँदै गएपछि सुर्खेत, दैलेख, चुप्रासम्म नुन ल्याउन गएका उनी आज आफैँले यातायातको विकास गरेर गाउँघरमै अन्नपात, नुन, तेल गाडीमा पुर्याउन पाएकोमा मख्ख छन्।
 यो त थियो उनको भेडा पालन अनुभव। अब सुनौँ, उनको राजनीतिक यात्रा।
यो त थियो उनको भेडा पालन अनुभव। अब सुनौँ, उनको राजनीतिक यात्रा।
उनी आफूलाई एक उटपट्याङ मान्छे भन्न रुचाउँछन्। ‘मनमा जस्तो लाग्यो त्यस्तै गर्यौं’, उनले भने, ‘मेरो राजनीति पनि उस्तै भयो।’
जतिबेला उनी भेडा पालेर एकको एक्काइस बनाउँदै थिए, त्यहीबेला काँग्रेस भए। त्यो थियो २०४६ साल।
बहुदल आएपछि काँग्रेस गाउँ पसेको थियो। अरुले सरापेर ‘तेरा घरमा काँग्रेस पसोस्’ भन्नेबेला उनको घरमा साँच्चै काँग्रेस पसेको थियो।
‘त्यहीबेला त म खाइखानो काँग्रेस थिएँ। २०४८ सालमा वडाध्यक्ष उठेर ५ मतले हारेँ,’ उनले सुनाए, ‘२०५४ को स्थानीय निकायको निर्वाचनमा गाविस उपाध्यक्ष उठेर ७० मतले हारेँ।’
काँग्रेस हुँदासम्म उनले चुनावमा हारिररहे मात्रै। एक/दुई पटक मात्रै हारेनन्, हारमा उनले ह्याट्रिक नै गरे। वडा र गाविसमा त हारे हारे विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लड्दा पनि हारे।
‘मलाई हराउन पार्टीकै साथीहरु लागे,’ उनले भने, ‘एसएलसीमा दश चोटी हार्यो भने गधा चढ्नुपर्छ भन्थे, मलाई पनि त्यस्तै होला जस्तो भयो।’
पछि उनलाई एमालेका नेताहरुले ‘यता आउ हामी जसरी पनि जिताउँछौँ’भने। उनलाई एकपल्ट भएपनि जित्नैपर्छ भन्ने लाग्यो। पछि उनी एमालेमा लागे। यो थियो २०७३ साल।
२०७४ सालमा स्थानीय तहको निर्वाचन हुने भयो। पार्टीले उनलाई २ नम्बर वडाको अध्यक्ष हुनलाई टिकट दियो।
खराब राजनीतिक संस्कार बसिसकेको समयमा एमालेले लागेपछि जितिहाल्नु र नेता कार्यकर्ताले जिताइहाल्छौं भनेर जित्नु सम्भव थिएन। त्यही भएर उनले आफ्ना आधा भेडा बेचे।
उनको इमान्दारिताको जति तारिफ गरे पनि कमै हुन्छ। खराब राजनीतिको भुँग्रोमा पसेका उनी सफा दिलबाट निर्धक्क भएर भन्छन्, ‘भेडा नबेचेको भया चुनाव जित्न गाह्रै थियो।’
 खर्च नगरी नजितिने जमानामा जित्ने पार्टीबाट चुनाव लडेका भएपनि कार्यकर्ताको खटनपट, खाना, नास्ता पानीमै धेरै रुपैयाँ खर्च भयो।
खर्च नगरी नजितिने जमानामा जित्ने पार्टीबाट चुनाव लडेका भएपनि कार्यकर्ताको खटनपट, खाना, नास्ता पानीमै धेरै रुपैयाँ खर्च भयो।
‘चुनाव लडेदेखि विजयी हुञ्जेल गरिएको भोजमा गरी चार लाख जति खर्च भयो होला,’ उनले भने, ‘डेड सय भेडा बेचेको हुँ। छ लाख रुपैयाँ जति भएकाे थियाे। भेडा सस्तैमा बेचेको हुँ।’
यसरी उनी जनप्रतिनिधि भएर काम गरिरहेका छन्। एमालेबाट जितेका भएपनि उनी हाल माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा छन्। उनले भने, ‘यो चुनावमा पनि पार्टीले टिकट दिनेजस्तो छ। लड्नै त पर्ने होला।’
यी त थिए उनका भेडा पालन र राजनीतिका रोचक किस्सा। राजनीति उनको काबुमै छ। भेडा अहिले पनि आधाआधी बाँकी नै छन्। त्यसबाहेक अर्काे सुनिरहन मन लाग्ने कुरा हो, उनी छोराका पनि धनी छन्।
उनका छ जना छोरा र एक छोरी छन्। दुई छोरा भेडी गुवाला छन् भने एक छोरा राजनीति गर्दैछन्। तीन छोरा पढ्दैछन्। छोरीको बिहे भइसक्याे।
‘भेडा र छोरोको त धनी नै छु हजुर,’ उनले हल्का मुस्कुराउँदै भने, ‘यही छ मेरो खेतीपाती, यही छ मेरो इलम।’
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया