व्यवसायमा व्यस्त रबिना टन्डन

९० को दशकतिर बलिउडमा रबिना टन्डन लोकप्रिय नाम हो। 

उनको प्रशंसक र उनलाई हेर्न रुचाउने दर्शकहरुको आज पनि कमी छैन। 

उनको लोकप्रियता यस्तो थियो कि उनलाई आजसम्म पनि कसैले बिर्सन सकेका छैनन्। उनको धमाकेदार नृत्यलाई दर्शकले खुबै रुचाए। 

उनै रबिना टन्डन आजकाल भने चलचित्रबाट टाढा छिन्।  तर केहिकाहीँ केही ब्रान्ड प्रोमोशनहरुमा भने देखिरहेकी हुन्छन्।

उनले हालै एउटा डान्स रियालिटी शो पनि जज गरेकी थिइन्। त्यसबाहेक उनले चलचित्रबाट त टाढै छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बरु उनले मुम्बईमा एउटा भब्य बुटिक पसल सञ्चालन गरेकी छिन्। उनको प्रायः दैनिकी व्यवसायमा बितरहेको छ।

प्रकाशित मिति: : 2021-04-19 09:41:00

प्रतिकृया दिनुहोस्