कुनै बेलाको चल्तीको नाका अहिले बेहाल

उपेक्षामा परेको नाकाः ‘आगो निभेको कोइला’जस्तै कोइलाबास !

कुनैबेला बुटवलदेखि पश्चिम र नेपालगञ्जदेखि पूर्वको मूल नाका मानिएको दाङको कोइलाबास अहिले गुमनाम छ।

वि.सं.२०३० को दशकसम्म रूपन्देहीको सुनौली नाकाभन्दा बढी आयात/निर्यात गरी राजस्व संकलन गर्ने कोइलाबास शहरले अहिले ‘मृत शहर’ को उपनाम पाएको छ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकाबाट ४८ किलोमिटरको दुरीमा रहेको कोइलाबास पूर्वपश्चिम राजमार्ग सुचारू हुनुपूर्व साविक मध्यपश्चिम विकास क्षेत्रकै प्रमुख किनमेल केन्द्र थियो। गढवा गाउँपालिका– ८ मा पर्ने खण्डहर नाका २०३५ सम्म सुत्दैनथ्यो। भारतका कानपुर, लखनउ, बनारस आउन जान नेपालीहरू यही नाका प्रयोग गर्थे।

वि.सं.२०१९ मा पूर्वपश्चिम राजमार्ग निर्माणसँगै सञ्चालमा आएपछि कोइलाबासको उल्टो यात्रा शुरू भयो। यातायातको पहुँच नहुनाले कोइलाबासभन्दा नेपालगञ्ज हुँदै जमुनाहा नाका र कपिलवस्तुको चन्द्रौटादेखि कृष्णनगर हुँदै बढनी नाकाबाट भारत आवतजावत बाक्लिन थाल्यो। 

प्रकाशित मिति: : 2023-10-20 11:33:00

प्रतिकृया दिनुहोस्