राजधानीमा पूरै लकडाउन गर्ने तयारीमा छौँ: कालीप्रसाद पराजुली, काठमाडौंका सिडिओ (भिडियोसहित)

काठमाडौं उपत्यकामा बढिरहेको कोरोना संक्रमण नियन्त्रण गर्न अहिले जारी ‘निषेधाज्ञा’ लाई बढाएर पूर्ण लकडाउन गर्ने तयारी भइरहेको छ।

एक साताका लागि भनेर  बैशाख १६ देखि ‘निषेधाज्ञा’ जारी गरेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारोना क्रमणको बढ्दो महामारी दृष्टिगत गरी पूर्ण ‘लकडाउन’ गर्ने तयारीमा लागेको हो।

काठमाडौंका प्रमुख जिल्लाअधिकारी कालीप्रसाद पराजुलीले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘काठमाडौं उपत्यकामै लकडाउन गर्ने तयारी भइरहेको छ। एक साताको निषेधाज्ञा जारी छ, थप कडाइ गर्नुपर्ने देखियो’, पराजुलीले भने।



कोरोनाको दोस्रो लहरपछि फेरि देश ठप्प, पर्यटकीय हब ठमेल सुनसान 



पराजुलीले निषेधाज्ञाले मात्र नहुने अवस्था देखिएपछि लकडाउनको तयारी भइरहेको पनि जानकारी दिए। ‘अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने तयारीमा हामी छौं,’ उनले भने। 

राजधानीबाहिरबाट काठमाडौं छिर्ने नाकालाई पूर्ण नियन्त्रण गरिएको भन्दै बताउँदै प्रमुख जिल्ला अधिकारी पराजुलीले त्यसलाई पथ प्रभावकारी र सहज बनाउने पनि बताए।

पास दिन बन्द

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले पास जारी गर्न बन्द गरेको छ। अत्यावश्यक पास लिएर दुरुपयोग गरिएकाले अनावश्यक भीड्भाड बढेको जिल्ल प्रशासन कार्यालयको निष्कर्ष छ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यक काम वा अस्पताल जानुपरेमा नेपाल प्रहरीको १०० नम्बरमा समन्वय गरेर जाने व्यवस्था गरिएको बताए। 

वित्तीय सेवा पनि बन्द गरिने

यसअघिको बैंक तथा वित्तीय सस्थाहरु खुला राख्ने र सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णयलाई परिमार्जन गरी त्यसलाई पूर्ण रुपमा बन्द गर्ने तयारी भइरहेको पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

पराजुलीले विमानस्थल बन्द गर्नुको विकल्प नरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पराजुलीले बिमानस्थल बन्दका लागी सीसीएमसीलाई सझाव दिइसकेको जानकारी दिए।



भर्खर उठ्न थालेको पर्यटन क्षेत्र फेरि थला पर्दै 



प्रमुख जिल्ला अधिकारी पराजुलीले कोरोना संक्रमणबाट जोगिन काठमाडौंबासीलाई सजगता अपनाउन पनि आग्रह गरेका छन्।

उनले भने, ‘अवस्था बुझेर आफैँ सजग रहनुपर्ने बेला आएको छ, यसतर्फ ध्यान दिन म सबैमा विनम्र अनुरोध गर्दछु।’ 

प्रकाशित मिति: : 2021-05-03 06:11:00

प्रतिकृया दिनुहोस्