सुम्बाको टापुमा स्वर्गको यात्रा

जीवन डाँगी

इन्डोनेसिया

इन्डोनेसियाको सुम्बा टापुको स्थानीय अर्थव्यवस्था, सांस्कृतिक र धार्मिक महत्वको केन्द्र मानिन्छ– ‘चन्दन घोडा’।

समुन्द्री तटमा सौन्दर्यता थपिरहेका सुम्बी घोडाहरू अस्ट्रेलिया, सिंगापुर, मलेसिया र दक्षिण पूर्वी एसियाली देशसम्म पुग्छन्। घोडाको बच्चा निर्यातबाट यहाँका स्थानीयहरूले राम्रो आम्दानी  पनि गर्दै आएका छन्। 

इन्डोनेसियाको सुलाबेसी प्रान्तमा ‘चन्दन घोडा’को मासु महंगो मूल्यमा बिक्रि हुन्छ। जहाँका मानिस एक स्वादिष्ट भोजनको रुपमा लिन्छन्। यद्यपि, विदेश निर्यात गरिने घोडाहरू भने व्यवसायका लागि पुर्‍याइन्छ।

समुन्द्र किनारमा रमाउने ‘चन्दन घोडा’लाई सर्पकाे डर हुन्छ। तर पनि तालिम प्राप्त हुँदा सहजै सामना गर्न सक्ने व्यवसायी जोनाथन हानी बताउँछन्।

देशको चर्चित पर्यटकीय क्षेत्र बालीदेखि सुम्बा टापुसम्मको दुरी ५ सय ६१ किलोमिटर रहेको छ। सुम्बा पुग्ने प्रायः चन्दनको उडान भर्छन् अर्थात् टापुभर घोडा सवारी गर्छन्।

पछिल्लो समय ग्रामिण भेगमा सवारी साधनको प्रयोग भएपछि स्थानीय घोडा व्यवसायीहरुमा चिन्ता थपिएकाे छ। कतिपय त विस्तारै शहर केन्द्रीत बसाइँ सर्न पनि थालेका छन्।

व्यवसाय मात्रै नभइ सांस्कृतिक रुपमा परम्परा धानिरहेका स्थानीयहरू घोडा सवार पर्यटकहरूको पहिलो रोजाइँ भएको बताउँछन्। प्रकृतिक रुपमा मनोरम र रमणीय सुम्बा घुम्दा पर्यटकहरु स्वर्गको यात्राका रुपमा चित्रण गर्छन्। जहाँ घोडामा चढेर मानिसहरू कोषौँ ढाटासम्म पुग्छन् र मजैले रमाउँछन्।

कोरोना महामारीपछि टापुमा पहिले झैँ हुलका हुल पर्यटक पुग्न सकेका छैनन्। सुम्बा टापु कला र सांस्कृतिक रूपले निकै प्रख्यात मानिन्छ। यहाँ हिन्दु र इस्लाम धर्मको प्राचीन संस्कृतिसमेत देख्न सकिन्छ। जो इन्डोनेसियाको कुनै पनि ठाउँमा भेटाउन सकिँदैन।

स्वर्गको यात्रा

टापुमा आउने पर्यटकहरूले ‘चन्दन घोडा’काे प्रशंसा गर्ने सुम्बा फाउन्डेशनका अधिकारीले बताएका छन्। फाउन्डेशन झण्डै ३५ हजार नागरिकको जीवनदाता बनेको छ।

यसले यहाँ स्वास्थ्य, शिक्षा, पोषण वा पिउने पानीको चाजोबाजो मिलाइरहेको छ। स्थानीय केटाकेटीहरू आ–आफ्नो घोडा लिएर समुन्द्र तटमा पुन्छन् र पर्यटकहरूलाई लोभ्याउछन्।

पर्यटकहरूले पनि घुम्ने स्थान रोज्छन्। टिकट किन्छन् र घोडा यात्रा थाल्छन्। जसलाई टापुमा थकाइ मेट्न गएकाहरू स्वर्गको यात्रा भन्छन्।

आजकाल पर्यटकको अभाव हुँदा घोडाहरू समुन्द्रको छालमा खेलिरहेका भेटिन्छन्। ‘घोडाहरू हाम्रो सबैभन्दा मिल्ने साथी हुन्,’ समुन्द्र छेउमा तैनाथ एक सुरक्षाकर्मी भन्छन्, ‘यदि कसैसँग घोडा छ भने यसको अर्थ लाग्छ उनीहरू असल चरित्रका हुन्छन्।’

प्रकाशित मिति: : 2021-08-03 06:10:00

प्रतिकृया दिनुहोस्