यसरी त कसरी चल्ला र देश ?
डा. प्रदीप भट्टराई
अमेरिकालाई नेपाली समुदायले दुई राज्य विधायक दिने सुनिश्चित भएको छ। मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यका लागि डिस्ट्रिक्ट ८ का डेमोक्रेट उम्मेद्वार डेलिगेट डा. ह्यारी भण्डारी र न्युयोर्क हाउस अफ एसेम्बेली सदस्यका लागि डिस्ट्रिक्ट १०३ की डेमोक्रेट उम्मेद्वार सराहना श्रेष्ठ दुबै विजयी भएका छन् । मेल इन ब्यालेटको गणना पूरै नसकिएको र प्रोभिजिनल मत गन्न बाँकि रहेकाले परिणामले औपचारिकता भने पाइसकेको छैन । ।
दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएका डा. भण्डारी १३,९४९ (२०.२७%) मत प्राप्त गरेका छन् । उनले अर्ली भोटिङबाट ३,५४२, मतदान केन्द्रबाट ९,४५६ र आंशिक रूपमा गणना भएको मेल इन ब्यालेटबाट ९५१ मत पाएका हुन्। उनले यी तीनै खालका मतमा आफ्नो अग्रता बनाएका छन् ।
अझै पनि मेल इन ब्यालेटको गणना पूरै सकिएको छैन भने प्रोभिजिनल मत भने गन्नै बाँकि छ । तर, सामान्यत: यी बाँकि मतले जीत-हारको निर्णय गर्दैनन् । यद्धपि, निर्वाचन आयोगले सबैखाले मत गणना गरिसकेपछि मात्रै निर्वाचन परिणामलाई औपचारिकता दिन्छ ।
तीन स्थानका लागि भएको चुनावमा उनलाई पछ्याउने अन्य दुईजना पनि डेमोक्रेटिक पार्टीकै उम्मेद्वार छन्। दोस्रो स्थानमा रहेका डेलिगेट कार्ल ज्याक्सनले १३,३०१(१९.३३%) मत र निक एलेन १२,५४७(१८.२४%) मत ल्याएका छन्। तीनैजना रिपब्लिकन उम्मेद्वारहरू तीनहजारभन्दा बढी मतान्तरले पछि परे ।
यस निर्वाचन डिस्ट्रिक्टबाट तीनजनै डेमोक्रेट्सले जितेकाले धेरै वर्षपछाडि यो डिस्ट्रिक्ट नीलो भएको छ। यसअघि २०१४ मा दुई रिपब्लिकन र १ डेमोक्रेटसले जितेको यो क्षेत्रमा २०१८ मा दुई डेमोक्रेट्स र एक रिपब्लिकनले जितेका थिए।
यसैगरी न्युयोर्क हाउस अफ एसेम्बेली सदस्यका लागि डिस्ट्रिक्ट १०३ बाट उम्मेद्वार रहेकी नेपाली-अमेरिकी सराहना श्रेष्ठले ३५,४९३
(५८.७०%) मतसहित भारी मतले विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी रिपब्लिकन उम्मेद्वार प्याट्रिक सिहान २३,१०४ (३८.२१%) मतका साथ धेरै पछि परे ।
यी दुबै नेपाली मूलका उम्मेद्वारको जीतले अमेरिकामा नेपाली अरू बढी देखिने र सुनिने भएका छन् । उनीहरूको जीतबाट अमेरिकी मूलधारको राजनीतिमा डा. ह्यारी भण्डारीले डेलिगेटका रूपमा खोलेको खाता एकबाट दुई भएको छ । २०१८ मा अमेरिकाकै सबैभन्दा पुरानो संसद मेरिल्याण्डको एनापोलिसमा नेपाली अनुहार देखिएको थियो, नेपाली स्वर सुनिएको थियो । यसपटक त्यो अनुहार अरू चीर परिचित हुने छ भने त्यो स्वर अरू मुखरित हुने छ।
उता, एम्पायर स्टेट भनिने न्युयोर्कको राजधानी अल्बानीस्थित संसद भवनमा पनि सराहना श्रेष्ठ विधायकका रूपमा प्रवेश गरेकी छिन् । उनी अमेरिकामा यस्तो इतिहास बनाउने पहिलो नेपाली मूलकी नेपाली-अमेरिकी महिला हुन् ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया