शुक्रबार, ११ जुलाई २०२५

वरिष्ठताको आधारमा इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश सहमत

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2021-06-01 12:38:00
File Photo
• • •

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन्।

सर्वाेच्च बारका पदाधिकारीकाे मागअनुसार इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश समावेश गर्न प्रधानन्यायाधीश राणा राजी भएकाे सर्वाेच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिएका छन्। 

इजलास पुनर्गठन हुने भएसँगै केही दिनका लागि प्रतिनिधिसभा विघटनसम्बन्धी रिटकाे सुनुवाइ स्थगित हुने भएकाे छ।

प्रतिनिधिसभा विघटनसम्बन्धीका रिटहरूमाथि मंगलबारकाे सुनुवाइ सुरू हुनुअघि सर्वोच्च बारका पदाधिकारी प्रधानन्यायाधीशलाई भेट्न उनकाे कार्यकक्षमा पुगेका थिए।

अब नियमावली संशोधनका लागि तत्काल प्रस्ताव तयार पार्ने र एक हप्ताभित्र फूलकोर्टमा पेश गरी संशोधन गरिसक्ने सहमति भएको छ।

सहमति लगत्तै प्रधानन्यायाधीश जबराले मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई नियमावली संशोधनको प्रस्ताव तयार पारी फूलकोर्टमा पेश गर्न निर्देशन पनि दिएका छन्। 


न्यायाधीश छान्ने खतरनाक प्रवृत्तिको शिकार न्यायालय, संसद् विघटनविरुद्धको मुद्दा जटिल मोडमा

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?