कमेडी फिल्म ‘हंगामा २’ को ट्रेलर सार्वजनिक 

निर्देशक प्रियदर्शनको कमेडी फिल्म ‘हंगामा २’ को ट्रेलर सार्वजनिक भएको छ। 

फिल्मको ट्रेलरलाई दर्शकले निक्कै रुचाएका छन्। फिल्ममा परेश रावलका साथमा शिल्पा शेट्टीको अभिनयलाई देखाइएको छ। साथै फिल्ममा आशुतोष राणा, मनोज जोशी, राजपाल यादव, जोनी लीवर, टीकू तल लगायतको समेत अभिनय रहेको छ। 

 कमेडीले भरिपूर्ण सो फिल्म २३ जुलाई २०२१ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ।

प्रकाशित मिति: : 2021-07-01 18:32:00

प्रतिकृया दिनुहोस्