 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                आइसिसी यू- १९ विश्वकपको सुपर सिक्सकाे अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएकाे छ। नेपाल भारतसँग १३२ रनले पराजित भएकाे हाे।
जितकाे भारतले दिएकाे लागि २९८ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायाे।
नेपालका कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए। त्यस्तै अर्जुन कुमालले २६ रन बनाउँदा दुर्गेश गुप्ता २९ रनमा अविजित रहे भने दीपक बोहराले २२ रन बनाए।
नेपालका गुलशन झामात्र १ रन बनाएर आउट हुन पुगे।
भारतकाे लागि सउमी पान्डेले ४ विकेट लिए। अर्शिन कुलकर्नीले २ विकेट लिएभर भने राज लिम्बानी, आराध्या शुक्ला र मुरुगन अभिषेकले समान १- १ विकेट लिए।
यसअघि दक्षिण अफ्रिकको मनगंग ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९७ रन बनाएकाे थियाे।
भारतका दुई खेलाडीले शतकीय पारी खेले। भारतका कप्तान उदय सरन र सचिन दासले नेपालसविरुद्ध शतक प्रहार गरेका थिए।
भारतका लागि सचिन दासले सर्वाधिक ११६ रन बनाए भने कप्तान उदय सरन १०० रन बनाए।
भारतका ओपनर आदर्श सिंह २६, प्रियान्स मोलिया १९ रन बनाउँदै पेभिलियन फर्किए।
त्यस्तै भारतका अर्सिन कुलकर्णी १८ रन बनाएर आउट भए।
नेपालको लागि गुलशन झाले दुई विकेट लिए भने आकाश चन्दले एक विकेट लिए।
समूह चरणका खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो। तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो।
त्यस्तै सुपर सिक्सकाे पहिलाे खेलमा पनि नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएकाे थियाे।
भारतसँगकाे खेल नै नेपालका लागि अन्तिम थियाे। नेपाल यसअघि नै प्रतियाेगिताबाट बाहिरिसकेकाे थियाे।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया