‘बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन।
कहिले मिलेका छन् कहिले फुटेका छन्,
इर्श्या भट्टीमा आफैलाई भुटेका छन्,
आँखाभरी लोभ पापको पिपासा बोकेर,
आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन्।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे।
आखिर बाँदर न हुन् ,
भोलिको प्रतिक्षा कहाँ गर्छन्।
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको
बाँदरहरू खेती गर्दैनन्, बाली विनास गर्छन्।
कहिले ढेडुहरुसँग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन्
कर्मको कुटो नलगाउने यी बाँदरहरू
अमृत पान गर्ने सपना देख्छन्।
बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन।
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन।’