ढाकाकुमार श्रेष्ठ अडियाे प्रकरण

घुस मागेको अडियोलाई चुनावी हतियार बनाइँदैछ– रवि लामिछाने (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकाएक बाहिरिएको ‘सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल माफिया दुर्गा प्रसाईंबीचको २ करोड घुस काण्ड’लाई चुनावी हतियार भनेका छन्।

सामाजिक सञ्जालमार्फत् उनले भए भरको शक्ति लगाउन लागिएको भन्दै गुनासोसमेत पोखेका छन्। 

‘ढुक्क हुनुुस्, रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहँदैनौं,’ उनले लेखेका छन्, ‘कडाभन्दा कडा कारकनही गर्छौ। वेथितिको बचाउ गर्दैनौं। बरु उदाङ्गो पारी दण्डित गर्छौं।

सभापति लामिछानेले अहिले आम–सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहेको २ करोड घुस काण्डलाई नयाँ धन्दा भनेका छन्।

‘धन्दा चल्दैन भन्ने सब लाई थाहा छ। हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन। रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधीहुरी सुनामी छेक्न सक्नुपर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ,’ उनले लेखेका छन्।



मलाई ‘स्पष्टीकरण सोध्ने मुकुल ढकाल’को पोल खोल्न नपरोस्

रवि लामिछानेका सांसदले ‘मन्त्री बन्न २ करोड घुस मागेको’ अडियो बाहिरियो

मन्त्रीका लागि ‘दुई करोड डिल गर्ने रवि लामिछानेको कोर टीम’भित्र को–को छन्?

 

प्रकाशित मिति: : 2023-04-10 06:35:00

प्रतिकृया दिनुहोस्