अमिताभ बच्चन जो ९० करोड ऋणमा डुबे

Headlines Of Today
Headlines Of Today

बलिउड सुपरस्टार अमिताभ बच्चन ७८ वर्ष पुगिसकेका छन्।  

७० र ८० को दशकमा एकसेएक सुपरहिट फिल्म दिएका उनी अहिले पनि उत्तिकै सक्रिय छन्। 

अहिले सम्पतिको मामलामा सम्पन उनी ९० को दशकमा करोडौं ऋणमा डुबेका थिए।

सन् १९९९ मा अमिताभ बच्चनले सुरु गरेको कम्पनी ‘अमिताभ बच्चन कर्पोरेशन लिमिटेड’ लाई करोडौं नोक्सान भएको थियो। 

त्यसबेला उनलाई फिल्मबाट पनि अफर आउन छाडेको थियो। तर,  कडा मिहिनेतका कारण उनले आफूलाई ऋणबाट बाहिर निकालेका थिए।

मेल टुडेसँगको कुराकानीमा उनले भनेका छन्, ‘त्यसबेला ममाथि विभिन्न व्यक्तिबाट लिएको ९० करोड ऋण थियो। पछि मैले सबैको पैसा फिर्ता गरेँ। जब उनीहरुले ब्याज मागे तब मैलै उनीहरुका लागि निःशुल्क विज्ञापनमा काम गरेँ। म ती कुराहरु कहिल्यै भुल्दिनँ कि कसरी ऋण दिएका व्यक्तिहरु हाम्रो घरमा दिनहुँ आउँथे र अश्लिल गाली दिन्थे।’

आफ्नो ४४ वर्ष लामो करिअरमा त्या समय सबैभन्दा खराब रहेको बताउँने उनी भन्छन्, ‘मैले सोच्न थालेको थिएँ कि म के।के गर्न सक्छु? मलाई जवाफ मिल्यो कि मलाई अभिनय आउँछ। यसपछि मैले आफ्नो घरभन्दा पछाडि बस्ने यश चोपडासँग काम मागेँ। उहाँले तुरुन्तै मलाई ‘मोहब्बते’ जस्ता ठूला फिल्ममा काम दिनुभयो। यसपछि मैले विस्तारै सबै ऋण तिरेँ।’

प्रकाशित मिति: : 2021-07-13 17:59:00

प्रतिकृया दिनुहोस्