जेलबाट छुटे लगतै फेरी खैरो हिरोइनसहित पक्राउ

विभिन्न आरोपमा पक्राउ परी कारागार सजाय भुक्तान गरेका दुई व्यक्ति दाङमा खैरो हिरोइनसहित पक्राउ परेका छन्। उनीहरुलाई दाङ प्रहरीले ११० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।

बाँके जानकी गाउँपालिका वडा नं. ३ मुक्ती नगरका ३६ वर्षीय राजा योगी र बाँके डुडुवा गाउँपालिका १ खडैचा निबासी वर्ष ३० का राजु भनिने नोर महमद दर्जीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

योगी यसअघि महानगरी प्रहरी बृत्त कालीमाटीले २०७१ कार्तिक २३ गते लागुऔषध खैरो हिरोइन २० ग्राम ६२० मिलीग्रामसहित पक्राउ गरेको थियो।

लाुऔषध मुद्दामा योगीले ६ वर्ष कैद भुक्तान गरी निस्कीएका थिए भने दर्जीलाई बाँके प्रहरीले २०७० मंसिर १६ गते डाँका चोरी कसुरमा पक्राउ गरी जेल परेका थिए। 

उनीहरुलाई दाङ प्रहरीले असार ३१ गते बेलुका लमही नगरपालिका ९ तल्लो अमिलिया चोकबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

पक्राउ परेका दुबै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यसअघि दाङ प्रहरीले रेडपाण्डाको कारोबारमा संलग्न सुर्खेत र जाजरकोटका दुई व्यक्तिलाई असार ३० गते पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2021-07-16 14:05:00

प्रतिकृया दिनुहोस्