विश्वकप छनोट

कुशल र आशिफकाे अर्धशतकीय इनिङमा नेपालले जिम्बाब्वेलाई दियाे २ सय ९१ रनकाे लक्ष्य

आइसिसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बाब्वेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ।

जिम्बाब्वेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो।

नेपालले खेलको सुरुआत राम्रो गर्‍यो। ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकटका लागि ३१ दशमलव ५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गरे। यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए।

कुशलले सर्वाधिक १३ चौका र २ छक्काको मद्दतमा ९९ रन बनाए भने आसिफले ६६ रन बनाए। यसैगरी कुशल मल्लले ४१ रन जोडे भने आरिफ शेखले १० रन र गुल्सन झाले १३ बनाए। दीपेन्द्र सिंह ऐरीले ६ रन र करण केसी २ रनमा अविजित रहे।

बलिङतर्फ जिम्बाब्वेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे। त्यस्तै ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एक/एक विकेट लिए।

प्रकाशित मिति: : 2023-06-18 16:34:00

प्रतिकृया दिनुहोस्