राज कुन्द्राकाे समर्थनमा उत्रिइन् राखी, भन्छिन्– छवि बिगार्न खोजियाे

File Photo
File Photo

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पोर्न फिल्म बनाएको र बेचेको आरोपमा पक्राउ लगतै बलिउडमा हलचल मच्चिएकाे छ।

राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण भेटाएपछि मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका थियाे।

अभिनेत्री शेट्टीका श्रीमान राजकाे चाैतर्फी आलाेचना भइरहेका बेला बलिउड अभिनेत्री राखी सावंत भने  बचाउमा उत्रिएकी छिन्। केही मानिसहरू राज कुन्द्राको छवि बिगार्न लागिपरेकाे उनले आराेप लगाइन्।

'शिल्पा र राज दुबै जना फिल्म उद्योगमा सबैभन्दा मेहनती र दयालु व्यक्ति हुन्। केही व्यक्तिहरूले राज कुन्द्रा जीबाट पैसा लिन खोजिरहेका छन्,' राखीले भनिन्, 'बलिउडमा बनाएको नाम बिगार्न खोजिरहेका छन्।'

यस आरोपमा उनीसहित १० जना पक्राउ परेका छन्। प्रहरीले सबैकाे सम्पति पनि खोजतलास गरिरहेको जनाएकाे छ।

प्रकाशित मिति: : 2021-07-21 06:53:00

प्रतिकृया दिनुहोस्