यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
टेकनारायण रिमाल ‘कौशिक’
कतै देवजस्ता समीचीन मान्छे
कतै दैत्यजस्ता दयाहीन मान्छे
कतै झोपडीसम्मको छैन चाँजो
कतै स्वर्ण सिंहासनासीन मान्छे॥१॥
कतै स्वर्णका थालमा रोज खीर
कतै पातमा तिक्त आटो र पीर
कतै पेय रङ्गीन मीठा रसीला
कतै प्यून खारा कठै नेत्र-नीर॥२॥
कतै रासका रास छन् अन्न-बाली
कतै भीखले बाँच्दछन् पेट पाली
कतै स्वागती गानसंगै प्रवेश
कतै द्वारमै पाउँछन् टन्न गाली॥३॥
कतै रूपले धप्प बल्दो मुहार
कतै रङ्गले हीन जल्दो मुहार
कतै गीत सङ्गीत बर्सन्छ मिठो
कतै कर्कशे वायु चल्दो मुहार॥४॥
कतै विद्वताको छ भारी घमण्ड
कतै ता अशिक्षा बनेको छ दण्ड
कतै ओहदा छन् अहो उच्च उच्च
कतै घाम छन् शीर्षमाथि प्रचण्ड॥५॥
कतै खोसिएको छ आफ्नै जमीन
त्यतै जोतिँदैछन् तिनै भूमिहीन
कतै स्वर्गमा बस्दछन् हेर मान्छे
त्यतै नर्क भोग्दा खुशीहीन दिन॥६॥
कतै तासले सास फेर्नै छ गाह्रो
कतै टाटले लाज छोप्नै छ साह्रो
कतै दाँतमा सम्म हीरा-जुहार
कतै दन्त-शोभा बनेको छ दाह्रो॥७॥
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया