‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
टेकनारायण रिमाल ‘कौशिक’
कतै देवजस्ता समीचीन मान्छे
कतै दैत्यजस्ता दयाहीन मान्छे
कतै झोपडीसम्मको छैन चाँजो
कतै स्वर्ण सिंहासनासीन मान्छे॥१॥
कतै स्वर्णका थालमा रोज खीर
कतै पातमा तिक्त आटो र पीर
कतै पेय रङ्गीन मीठा रसीला
कतै प्यून खारा कठै नेत्र-नीर॥२॥
कतै रासका रास छन् अन्न-बाली
कतै भीखले बाँच्दछन् पेट पाली
कतै स्वागती गानसंगै प्रवेश
कतै द्वारमै पाउँछन् टन्न गाली॥३॥
कतै रूपले धप्प बल्दो मुहार
कतै रङ्गले हीन जल्दो मुहार
कतै गीत सङ्गीत बर्सन्छ मिठो
कतै कर्कशे वायु चल्दो मुहार॥४॥
कतै विद्वताको छ भारी घमण्ड
कतै ता अशिक्षा बनेको छ दण्ड
कतै ओहदा छन् अहो उच्च उच्च
कतै घाम छन् शीर्षमाथि प्रचण्ड॥५॥
कतै खोसिएको छ आफ्नै जमीन
त्यतै जोतिँदैछन् तिनै भूमिहीन
कतै स्वर्गमा बस्दछन् हेर मान्छे
त्यतै नर्क भोग्दा खुशीहीन दिन॥६॥
कतै तासले सास फेर्नै छ गाह्रो
कतै टाटले लाज छोप्नै छ साह्रो
कतै दाँतमा सम्म हीरा-जुहार
कतै दन्त-शोभा बनेको छ दाह्रो॥७॥
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया