अपराधकाे चढ्दो ग्राफ: ‘जजक’ र आत्महत्याको डरलाग्दो अवस्था (भिडियोसहित)

कोरोना भाइरसका कारण देश थला परेको छ। करिब दुई वर्षदेखि देशका कल–कारखाना र व्यापार व्यवसाय बन्द अवस्थामै छन्। बढ्दो बेरोजगारी, युवावर्गमा नैराश्यका कारण विगतका वर्षहरुमा हुनेभन्दा अपराधका घटना बढेका छन्। 

अपराध रोकथाम तथा नागरिकको जीउधनको रक्षाका लागि प्रहरी रातदिन सडकमा खटिएको भए पनि देशमा अपराधको ग्राफ भने घटेको छैन। ओरालो लाग्नुपर्ने उक्त ग्राफ उकालो चढेको चढ्यै छ। 

प्रहरी मुख्यालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा देशको कहालीलाग्दो अवस्था स्पष्ट देखिन्छ।  घरेलु हिसांका घटना, जघन्य अपराध अनि साईबर अपराधदेखि आर्थिक अपराधको तथ्याङ्कलाई हेर्ने हो भने डराउनुपर्ने अवस्था छ।

प्रहरीको गत तीन वर्षको तथ्याङ्कलाई हेर्ने हो भने समाजकता कता जाँदैछ भन्ने आँकलन गर्न सहजै सकिन्छ। प्रहरीले देखाएको सक्रियतालाई आधार मान्ने हो भने  खटाइअनुसार अपराधको तथ्याक घट्नुपर्ने हो तर ठीक उल्टो हुँदैछ। हुन त प्रहरीले जत्ति नै मुद्दा सङ्ख्या बढी दर्ता भए त्यसलाई सफलता ठान्ने गरेको छ। वास्तवमा त्यो राम्रो हैन, गएको वर्षभन्दा मुद्दा दर्ता सङ्ख्या घटना समाजलाई सभ्य बनाउनुपर्ने बेला प्रहरीले नै बढी मुद्दा दर्ता भयो भनेर गर्व गर्नु राम्रो हैन।

प्रहरीकाे तथ्यांकअनुसार, तीन वर्षको अवधिमा गएको वर्ष कर्तव्यज्यानका घटना २५.५८ प्रतिशतले बढे। (हेर्नुस् तालिका)


आर्थिक वर्ष २०७६/७७मा देशैभर ५ सय ५५ जघन्य अपराधका घटना भएको थिएभने, गएको वर्ष २०७७/७८ मात्यो सङ्ख्या बढेर सय ७९ पुग्यो। 
त्यस्तै ज्यानमार्ने उद्योगमा २०७६/७७मा ८ सय ६९ घिटना भएकाथिएभने ७७/७८ मात्यो सङ्ख्या बढेर एक हजार ५१ पुग्यो। 

त्यस्तै जबरजस्ती करणीका घटनामा पनि त्यस्तै अवस्था रहयो। गएको आर्थिक वर्ष ७६/७७मा २ हजार १ सय ४४ घटना भए भने गएको आर्थिक वर्ष ७७/७८ मा २ हजार ५ सय ३४ ओटा जबरजस्ती करणीका घटना भए।

त्यस्तै आत्महत्याका घटनामा पनि उस्तै भयावह अवस्था छ। एक वर्षअघि ६ हजार २ सय ४१ घटना भएका थिए भने गएको वर्ष त्यो सङ्ख्या बढेर सात हजार एक सय १७ पुग्यो।

त्यसैगरी, आर्थिक अपराध, साईवर अपराध, लागूऔषध र चोरी÷डकैतीलगायतका घटनाको सङ्ख्या बढेको छ। रोपराध रोकथामका लागि प्रहरीले पछिल्लो समयमा नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै गएको छ। अपराधको सङ्ख्या बढ्नुमा प्रहरीको सक्रियता बढेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए।

‘अघिल्ला आर्थिक वर्षहरुभन्दा यो वर्ष अपराध बढेको तथ्याक देखियो, प्रहरी सक्रियताका कारण प्रहरीमा उजुरी बढ्ने हो।’ प्रवक्ता कुँवरले   भने।

हुनत सामान्य चोरी, डकैती र गाउँ समाजमा हुने हिंसादेखि बलात्कारका घटना गाँउमै मिल्नेगरेका थिए तर अहिले त्यो अवस्था छैन। त्यसैले पनि घटना भयो कि प्रहरीमा आइहाल्छ।

प्रकाशित मिति: : 2021-07-28 20:14:00

प्रतिकृया दिनुहोस्