अपडेट:  हाइटीमा भूकम्पबाट मृत्यु हुनेकाे संख्या ३ सय बढी पुग्याे, सयाैं घाइते

बिएल संवाददाता

पोर्ट–अउ–प्रिन्स
All photo : .reuters
All photo : .reuters

हाइटीमा शनिबार गएकाे भूकम्प कारण मृत्यु हुनेकाे संख्या तीन सय ४ पुगेकाे छ। बेलायती समाचार संस्था रोयटर्सका अनुसार आइतबार विहानसम्म ३ सय ४ जनाको मृत्यु भएको पुष्टी भएको छ, भने सयौं मानिसहरू घाइते  भएका छन्।

हाइटीकाे राजधानीबाट करिब १५० किलोमिटर पश्चिममा ७.२ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो। जसकाे गहिराई १० किलोमिटर रहेकाे अमेरिकी भौगर्भिक सर्वेक्षण जनाएकाे छ। 

भूकम्प गएपछि त्यहाँका मानिस घर छोडेर सुरक्षित स्थानमा गएका छन्। भूकम्पका कारण कैयौँ भौतिक संरचनाहरू भत्किएको बताइएको छ। भूकम्पका कारण सयौँ निजी तथा सामुदायिक भवनहरू भत्किएका अपुष्ट सूचनाहरू प्राप्त भएका हाइटीका अधिकारीले बताएका छन्।

प्रत्यक्षदर्शीले घटनास्थलबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा भूकम्पले हाइटीको दक्षिणपश्चिमी प्रायद्वीपका स्कूलहरूका आवासीय भवनहरूमा क्षति पुर्याएको देखिएको छ। 

प्रकाशित मिति: : 2021-08-15 09:58:00

प्रतिकृया दिनुहोस्