बिएल संवाददाता
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार गाजाको रफाहमा इजरायली स्थल आक्रमणले ‘ठूलो मानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्। कुनै सम्झौताबिना वार्ताकारहरूले कायरोमा युद्धविराम वार्ता छाडेपछि उनले त्यस्तो चेतावनी दिएका हुन्।
'रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने छ र अनिकालका कारण मानिसहरूलाई सहयोग गर्ने हाम्रो प्रयासलाई रोक्नेछ,' नैरोबीको भ्रमणका क्रममा गुटेरेसले भने। उनले दक्षिणी गाजा शहरको अवस्था अहिले ‘तरबारको धार’मा रहेको पनि बताए।
युद्धविरामका लागि आफ्नो आह्वानलाई दोहोर्याउँदै उनले भने, 'हामी रफाह र केरेम शालोम क्रसिङमार्फत अत्यावश्यक इन्धनसहित जीवनरक्षक आपूर्तिको प्रवेशलाई पुनः शुरू गर्न संलग्न सबै सक्रिय रूपमा सहभागी छौँ।'
अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तरवार्तामा यदि रफाह शहरमा पूर्णस्तरको आक्रमण भए इजरायलका लागि हतियार रोकिने चेतावनी दिएका थियो। यसपछि पनि एएफपीका पत्रकारहरूले रफाहमा हमला भएको बताएका छन्।
व्यापक अन्तर्राष्ट्रिय विरोधका बाबजुद इजरायली सेनाले मंगलबार हमास लडाकुहरूको खोजीमा रफाहको पूर्वी क्षेत्रमा प्रवेश गरेको बताएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया