युवा संघकाे कोभिड–१९ को डेल्टा भेरियन्टविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न

File photo
File photo

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीको आयोजनामा कोभिड १९ को डेल्टा भेरियन्टविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

युवा संघ नेपाल वागमती प्रदेश कमिटीको आयोजना तथा जिल्ला कमिटिको संयोजनमा उपत्यकालगायत दशैँ वटा जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा निशुल्क रुपमा मास्कसमेत वितरण गरिएको थियो।

काठमाडौंलगायत ललितपुर, भक्तपुरका २/ स्थान र प्रदेशका सबै जिल्ला सदरमुकामहरुमा कोभिड सम्बन्धित सूचना प्रदान कार्यक्रम गरिएको युवासंघ नेपालका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पौड्यालले जानकारी दिए।

भौतिक दुरी कायम गरी सञ्चालन गरिएको कार्यक्रममा कोभिड–१९ डेल्टा भेरियन्टबाट जोगिन अनुरोध गर्दै मास्क लगाउन अनुरोध गरिएको युवासंघ नेपालका उप–महासचिव तथा प्रदेश कमिटी इन्चार्ज रोशन थापाले बताए।

प्रकाशित मिति: : 2021-08-16 15:46:00

प्रतिकृया दिनुहोस्