महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

महन्थ ठाकुरले दायर गरेको रिटमा सुनुवाई गर्दै सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्चको आदेशमा भनिएको छ, 'निर्वाचन आयोगले गरेको निर्णय कानून बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपुरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन।' 

प्रकाशित मिति: : 2021-08-16 18:27:00

प्रतिकृया दिनुहोस्