'अप्रिल–जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारमा वृद्धि'

बिएल संवाददाता

दक्षिण अफ्रिका
Photo - AP
Photo - AP

दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना अप्रिल–जूनको तीन महिनामा गत बर्ष सोही अवधिको तुलनामा उच्च रहेको दक्षिण अफ्रिकाको प्रहरीले शुक्रबार सार्वजनिक तथ्याङ्कमा बताएको छ। देशले कोरोनाभाइरसको गम्भीर सङ्कट झेल्दै गरेका समय हत्या र बलात्कारका घटना बढ्नु गलत सङ्केत भएको प्रहरीको भनाइ रहेको छ। 

तीन महिनाको दौडान कम्तीमा पनि १० हजार बलात्कार र पाँच हजार ७०० हत्याको रेकर्ड गरिएको छ। यो गत वर्षको जूनपछि ६० प्रतिशतभन्दा बढीले वृद्धि हो। अहिलेको यो सङ्ख्याले सन् २०१९ को महामारीपूर्वको स्तरको एक प्रतिशतभन्दा कम वृद्धि देखाउँछ।

प्रहरीमामिला मन्त्री भेकी सेलेले प्रिटोरियामा टेलिभिजनमार्फत् दिएको जानकारीमा भने, 'यद्यपि यो दोहोरो अङ्कको वृद्धिले देशको समग्र वास्तविक तस्वीर झल्काउने भने छैन किनभने त्यसलाई लकडाउन र आवतजावतमा लगाइएको प्रतिबन्धको असामान्य अवधिसँग तुलना गरिएको छ।' महामारी पूर्वको स्तरको तुलनामा उक्त दर ०.६ प्रतिशत बढी भएको उनले बताए।

समीक्षा गरिएको अवधिका समय महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समय कम गरिएको थियो भने स्थानीयस्तरमा मानवीय आवतजावतमा निकै खुकुलो बनाइसकिएको थियो। दक्षिण अफ्रिका विश्वमा हिंसात्मक गतिविधि धेरै हुनेमध्ये एक हो यहाँको हत्या दर निरन्तर बढिरहेको छ। सन् २०१९–०२० मा, यस देशमा २१ हजारभन्दा बढी हत्याहरू भएका थिए जुन गत अघिल्लो वर्षभन्दा १.४ प्रतिशतले बढी हो।

'प्रहरीले गरेको चार हजार नमुनामध्ये वैचारिक भिन्नता, गलत बुझाई र घरेलु तथा सडकजन्य झडप नै हत्याका समग्र कारक रहनेगरेको पाइन्छ,' तथ्याङ्कशास्त्री तथा प्रहरी मेजर–जनरल थुलारे सेखुखुनियाले बताए।

प्रकाशित मिति: : 2021-08-20 20:25:00

प्रतिकृया दिनुहोस्