अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

रबि पोख्रेल

सन्धिखर्क
file photo
file photo

अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा-३ स्थित सैनिक क्याम्प नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो। 

घटनामा एकजनाकाे ज्यान गएकाे छ भने ७ जना घाईते भएका छन्। याे समाचार तयार पार्दासम्म मृतककाे सनाखत भईसकेकाे छैन।

घटनामा घाईते हुनेमा सन्धिखर्क नगरपालिका– ११ की समीक्षा शाह, सीता मुखिया, मालारानी गाउँपालिका– ५ का गंगा बहादुर पन्थी, सनपा– १ का श्याम बहादुर नेपाली, सनपा– १२ का गाेविन्द बस्याल, सप्तरी जिल्लाका राेहित कुमार शाह, भूमिकास्थान नगरपालिका– १ का लाेक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन्।

दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ। गम्भिर घाईते लाेक बहादुर नेपाली र गाेविन्द बस्याल दुईजनाकाे बुटवल रिफर गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ।


 

 

प्रकाशित मिति: : 2021-09-04 07:08:00

प्रतिकृया दिनुहोस्