शुक्रबार, ११ जुलाई २०२५

ईपीएल : अन्तिम खेलमा विराटनगर विजयी, काठमाडौं ७ रनले पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌
2021-10-03 14:55:00
फाइल तस्वीर
• • •

विराटनगर वारियर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा पहिलो जित हात पारेको हो। टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौं किङ्स-११ लाई ७ रनले पराजित गर्दै विराटनगरले पहिलो जित हात पारेको हो।

विराटनगरले ५ खेलमा २ अंक जोड्यो। अघिल्लो चार खेल गुमाएको विराटनगर पुछारमा रहेको छ। काठमाडौं ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पाएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र बनायो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?