बोल्न थाले 'पेन्टिङहरू' (भिडियो)

कमल प्रभात

काठमाडौँ

बबरमहलस्थित नेपाल कला परिषद्मा हरेक वर्ष दशैँको संघारमा ई–आर्ट नेपालले कला महोत्सव (आर्ट एक्जिबेसन) गर्छ।

सन् २०१७ देखि गरिदै आएको प्रदर्शनीमा दुई सय बढी कलाकर्मीहरुका आर्ट (चित्र) प्रदर्शनीको लागि राखिने गरिन्छ। आर्टिस्टको उत्सवका रुपमा आयोजना गरिने यो महोत्सव कोरोना महामारीका कारण गतवर्ष हुन सकेन।

कोरोना महामारी अवधिमा आर्टिस्टहरुले आर्ट बनाए पनि उचित स्थानमा प्रदर्शन गर्न पाएका थिएन्। कोरोना संक्रमणको जोखिम कम भएसँगै ई–आर्ट नेपालले यसवर्ष ‘एक्जिबेशन’को आयोजना गरेको छ।

कला परिषद्मा सोमबारदेखि सुरु भएको प्रदर्शनी (एक्जिबेशन)मा यसपटक जम्मा ६० जना आर्टिस्टका दुई सयभन्दा बढी पेन्टिङ प्रदर्शनीमा राखिएको छ। कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखी जनस्वास्थ्य मापदण्ड अपनाएर आयोजना गरिएको प्रदर्शनीमा लामो समयदेखि घरमै गुुम्सिएका पेन्टिङ र आर्टिस्टहरुको जमघट भएको छ।

लामो समयदेखि पेन्टिङ प्रदर्शनी हुन सकेको थिएन। त्यसमा पनि कोरोनाको त्रास सबैमा थियो। त्यसैले यसवर्ष पनि प्रदर्शनी नगरौँ कि भन्नेसम्म पुुगेको आयोजक टोलीले चुनौतीकै बीच प्रर्दशनी आयोजना गरेको छ।

‘पहिलो लकडाउनमा पनि हामी महोत्सव गर्न पाएनौँ, यसवर्ष पनि गरौँ कि नगरौँ भन्नेमै कन्फ्युज थियौँ’, ई– आर्ट नेपालकी सदस्य तथा आर्टिस्ट एरिना ताम्राकारले भनिन्,‘हरेक वर्ष महोत्सवका रुपमा गर्थ्यो, यसपाली कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर अक्जिबेशनको रुपमा गरेको छौँ।’

लामो सयमको निषेधाज्ञाका कारण समस्यामा परेका आर्टिस्टहरुले जोखिम मोलेर प्रदर्शनीको आयोजना गरेको ताम्राकारले बताएकी बताइन्।

लामो सयम घरमै बस्न बाध्य भएका तथा सबै कलापे्रमीको सहभागीता रहेकाले यसवर्षको प्रदर्शनी सफल भएको उनले बताएकी छिन्। उनले भनिन्, ‘यो त प्रदर्शनी मात्रै नभएर मानिसहरुलाई रिफ्रेसमेन्ट गर्न ठाउँजस्तो बनेको छ।’

कोरोना महामरीमा समस्यामा परेका कारण काम गर्न जागर लाग्न छाडिसकेकाबेला प्रदर्शनी सफल हुँदा आफूहरुमा नयाँ आशा र ऊर्जा पलाएको आटिस्टहरुले बताएका छन्। 

Photo: Dolly Gy (Dolly Gurung Yakthumba)

प्रकाशित मिति: : 2021-09-04 10:49:00

प्रतिकृया दिनुहोस्