प्रचण्ड निवास पुगिन् एमसीसी उपाध्यक्ष फातिमा सुमार

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन्। शुक्रबार बिहान उनी प्रचण्डलाई भेट्न खुमलटारस्थित निवास पुगेकी हुन्। 

भेटमा उनले एमसीसी पारित हुने वातावरण बनाउन आग्रह गरेकी छिन्। उनले एमसीसीका विषयमा प्रचण्डलाई विश्वस्त गराउने प्रयास गरेकाे प्रचण्ड निकट स्राेतले बताएकाे छ।  

उनले एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बिहीबार भेटवार्ता गरेकी थिइन्। 

एमसीसी परियोजना नेपालबाट फिर्ता लैजाने अमेरिकी तयारी, उपाध्यक्ष फतिमाको भ्रमणमा ‘र्‍यापअप’ गरिने 

प्रकाशित मिति: : 2021-09-10 08:34:00

प्रतिकृया दिनुहोस्