इन्डोनेसियाको जेलमा आगलागी : मृत्यु हुनेको संख्या ४४ पुग्यो

File photo
File photo

इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ। इन्डोनेसियाको राजधानी जकार्ता नजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो। 

बुधबार भएको त्यस आगलागीमा परी तत्काल ४१ जनाको निधन भएको थियो। आगलागीमा परी घाइते भएकालाई अस्पतालमा राखिएको छ। अस्पतालमा रहेकामध्ये बिहीबार थप तीन जनाको मृत्यु भएपछि यो सङ्ख्या ४४ पुगेको बताइएको छ। सो आगलागीमा परेर घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही गम्भीर अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ। आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2021-09-10 16:59:00

प्रतिकृया दिनुहोस्