यिनै जनार्दन शर्मा हुन् सुरेन्द्र पाण्डेको ब्रिफकेश खोसेर संसदमा नौटंकी देखाउने– महेश बस्नेत (भिडियाे)

रबि पोख्रेल

अर्घाखाँची

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्मा विगतमा अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेश खोसेर संसदमा नौटंकी गर्ने नेता भएको बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो टिप्पणी दिएका हुन्। 

‘०६४ सालमा सुरेन्द्र पाण्डे अर्थमन्त्री हुनुन्थ्यो, उहाँले बजेट प्रस्तुत गर्न मञ्चतर्फ जादै गर्दा जनार्दन शर्माले ब्रिफकेश खोसेर संसदमा नौटंकी देखाएका थिए’, बस्नेतले भने, ‘वितगको त्यो इतिहास सम्झेर अस्ति हामीले संसदमा विरोध गरिरहेकै बेला जनार्दन शर्मा विस्तारै हिँडेनन्, सदनभित्र दौडिए किनभने उनको मनको कालो पाप र षयन्त्र त्यहाँ प्रकट भएको थियो।’

बस्नेतले दुई सय जना मर्यादापालकको घेराभित्र अर्थमन्त्री शर्माले आफूलाई सुरक्षित महशुस गरेको बताए। यो हालत शर्माको मात्रै नभएर एमाले प्रवेश नगर्ने अधिकांश माओवादी नेताहरुको भएको उनले टिप्पणी गरे।

प्रकाशित मिति: : 2021-09-14 19:59:00

प्रतिकृया दिनुहोस्