‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गतको पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेकाे छ।
नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो।
मंगोलियाका दावासुरेन जामयान्सुरेनले १० रन बनाउनुबाहेक अन्यले दाेहाेराे रन जाेड्न सकेनन्।
मंगाेलियाका ५ जना खेलाडी शून्य रनमा आउट भए।
नेपालका करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान २-२ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी ३ सय १४ रन बनाएकाे थियाे।
याे टि- २० क्रिकेटकाे अहिलेसम्मकै सबैभन्दा ठुलाे स्काेर हाे।
नेपालका कुशल मल्ल टि- २० सबैभन्दा छिटाे शतक प्रहार गर्ने तथा दीपेन्द्र सबैभन्दा छिटाे अर्धशतक प्रहार गर्ने खेलाडी बने।
कुशलले ३४ बलमा शतक प्रहार गरे भने दीपेन्द्रले १० बलमा अर्धशतक प्रहार गरे।
नेपालका कप्तान राेहितकुमार पाैडेलले ६७ रन बनाए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया