पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गतको पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेकाे छ।
नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो।
मंगोलियाका दावासुरेन जामयान्सुरेनले १० रन बनाउनुबाहेक अन्यले दाेहाेराे रन जाेड्न सकेनन्।
मंगाेलियाका ५ जना खेलाडी शून्य रनमा आउट भए।
नेपालका करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान २-२ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी ३ सय १४ रन बनाएकाे थियाे।
याे टि- २० क्रिकेटकाे अहिलेसम्मकै सबैभन्दा ठुलाे स्काेर हाे।
नेपालका कुशल मल्ल टि- २० सबैभन्दा छिटाे शतक प्रहार गर्ने तथा दीपेन्द्र सबैभन्दा छिटाे अर्धशतक प्रहार गर्ने खेलाडी बने।
कुशलले ३४ बलमा शतक प्रहार गरे भने दीपेन्द्रले १० बलमा अर्धशतक प्रहार गरे।
नेपालका कप्तान राेहितकुमार पाैडेलले ६७ रन बनाए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया