काठमाडौंमा दशैंका सामान किन्नेहरूकाे चहलपहल बढ्याे [भिडियाे]

मदन नेपाली

काठमाडौं

विजय दशमी नजिकिएसँगै काठमाडौंका मुख्य बजारहरुमा मानिसहरुको चहपहल बढ्न थालेको छ। विशेष गरी न्यूरोड, असन, इन्द्रचोक लगायतका क्षेत्रमा दशैंको सामान किन्नेहरु भीड लागेको हो।

देशको मुख्य व्यापारिक क्षेत्रका रुपमा मानिने यी क्षेत्रहरुका सामन्य ग्राहकदेखि ठूला–ठूला व्यापारीको चहपल बढ्ने गरेको छ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाेले दशैंको सामान किन्नेहरुको भीड विगतको तुलनामा केही कम देखिएको छ। दशैं मनाउनका लागि धेरैजसो मानिसहरु काठमाडौं बाहिर (गाउँ) जाने भएकोले पनि दशैं अगावै सामान किन्नेको भीड लाग्ने गर्छ। 

भिडियाे ः 

प्रकाशित मिति: : 2021-10-08 09:38:00

प्रतिकृया दिनुहोस्