रानीमहल घुम्न आएका पर्यटक बाटाेमै अलपत्र

बिएल संवाददाता

पाल्पा (रामपुर) 

पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन्। 

निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडकखण्ड २४ घण्टादेखि अवरुद्ध छ। स्थानीय बसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ। गाईघाट, बैकुण्ठे भीर,हात्ति ढुङगालगायतका ठाउँमा पहिरो गएको हो।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए। एक दुई घण्टाभित्र पहिरो हटाउन सकिने उनले बताए।

प्रेमको प्रतिक रानीमहल घुम्न दसैलगत्तै पाल्पा सहित छिमेकी जिल्लाहरुः गुल्मी, स्याङजा, पर्वत, बाग्लुङ, काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तुबाट पर्यटक जान्छन्।

प्रकाशित मिति: : 2021-10-19 10:33:00

प्रतिकृया दिनुहोस्