
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
धनराज सुनार
जुम्लाबाट प्रत्यक्ष र समानुपातिक संघ तथा प्रदेशमा उम्मेदवारी दिनुभएका सम्पूर्ण प्रिय उमेदवारहरु तपाईं चुनावप्रचार गर्दै गर्दा कतै चुक्नुभएको त छैन?
तपाईंका आँखाले चुनावी प्रचारको माध्यम वा आधार बानएका ठाउँ, साधन र विभिन्न वस्तुहरुमा मैले विकास देखेको छु। हेर्नुस् मेराे दृष्टिबाट।
१. तपाईंहरुले चुनाव प्रचारका लागि प्रयोग गरेका सवारी साधनहरुलाई मैले नगर यातायात, सार्वजनिक यातायात र सिटी बस देखेको छु।
२. तपाईंहरुले पोस्टर टाँसेका विद्युतीय पोल, टेलिकमको लाइन र बक्सहरुमा मैले सार्वजनिक चार्ज स्टेसन देखेकाे छु।
३. विभिन्न सुचनाका बोर्डमाथि टाँसेका तपाईंका चुनावी पोस्टर हेर्दा मैले विभिन्न ठाउँहरुमा सूचना पाटी, विज्ञापन बाेर्डहरुको विकास निर्माण हुन आवश्यक देखेको छु।
४. तपाईंहरुले प्रचारमा प्रयाेग गरेका गाडी र बाइकहरु जथाभावी रोकेको देख्दा मैले विभिन्न ठाउँहरुमा पार्किङ स्थलको आवश्यकता महशुस गरेको छु।
५. तपाईंहरुले बाटो वा चोकहरुमा आमसभा गर्दा भएको जाम हेर्दा जुम्लाका सडकहरुको छेउहरुमा फुटपाथ र खुल्ला मन्चको आवश्यकता देखेको छु।
६. तपाईंहरु जुम्ला जिल्लाको कुना कन्दरामा चुनाव प्रचार गर्न जाँदा गाडी गाउँभन्दा तल नै छाेडी हिँडेर गएको देख्दा ती ठाउँहरुमा सडक र सडक पुगेका ठाउँहरुमा कालोपत्रेको आवश्यक महशुस गरेको छु।
७. तपाईंहरुले चुनाव प्रचारप्रसारका लागि गाडीमा मान्छे खाँदेर हालेको देख्दा जुम्लाको स्याउ र आलुलागयतका उत्पादित वस्तुहरु गाडीमा चाङ लगाएर बाहिर जिल्ला लिन लागेको देख्छु।
८. तपाईंहरुले रुखहरुमा लेखेको र झण्डा बाँधेको देख्दा ग्रीन सिटी, ग्रीन जिल्लाको सम्भावना देखेको छु।
९. तपाईंहरुले चुनाव प्रचार गर्दा गाडी-बाइकहरु चलेको र तपाईंका कर्याकर्ताहरुले खाँदी-खाँदी गाडी चढेको देख्दा तपाईंहरुले नै बनाएका नीति, नियमको पालना गर्न र जनचेतना फैलाउन आवश्यक देखेको छु।
१०. तपाईंहरुले आमसभा गर्ने विभिन्न पाटी, पौवाहरुमा मैले धर्मशाला र जेष्ठ नागरिक तथा विभिन्न मानिसहरुका लागि विश्रामस्थल, प्रतीक्षालय जस्ता कुरा निर्माण गर्न आवश्यक देखेको छु।
११. तपाईंहरु जब प्रचारमा जुम्ला खलंगाबाट उर्थु, भुलभुले, सिंजा हुँदै नाग्मबाट खलंगा पुग्नुहुन्छ, तब म विभिन्न ठाँउहरुमा रिङ रोडको सम्भावना देख्छु।
१२. तपाईंहरुले विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्र पातारासी, ऐतिहासिक क्षेत्र सिंजा वा जुम्लाका अन्य ठाउँहरुमा कार्यक्रम गरी हाँस्दा आन्तरिक वा बाह्य पर्यटकहरु आएर रमाएको देख्छु।
१३. तपाईंहरुले चुनाव प्रचारका लागि पोस्टर, व्यानर र झन्डाहरु छापेको देख्दा मैले जुम्लामा उत्पादन हुने जडिबुटी, फलफुल, अन्न बाली र तरकारीहरुको प्रशोधन केन्द्र देखेको छु।
१४. तपाईंहरु घरदैलो कार्यक्रममा जाँदा जनताहरुले फूलमाला, अबिर, टीका लगाइदिएको देख्दा कर्णालीको संस्कृति झल्केको देख्दछु। यत्ति हाे, तपाईंहरुले चुनाव जितेर गइसकेपछि जनताहरु उदास भएको देख्छु।
सकिन्छ भने एक पटक सोच्नुहोस्, तपाईंहरुको प्रचारमा विकास छ कि छैन? तपाईंहरुले टाँसेका पोस्टर, प्रचारमा प्रयोग गरेका गाडी, बाइक, आमसभा गरेका ठाउँहरु अघोषित घोषणापत्र भइदिएकाे भए!
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया