अर्घाखाँचीमा शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास

रबि पोख्रेल

सन्धिखर्क
Photo: Lumbiniaawaj.com
Photo: Lumbiniaawaj.com

अर्घाखाँचीको सन्धिखर्क-२ चुत्राबेसीमा एक महिलाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्।

सन्धिखर्क- २, चुत्राबेसी संखेटारी निवासी ४३ वर्षीय नुमकला विकले आफैले शरीरमा मट्टितेल छर्किएर जल्ने प्रयास गरको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख  डिएसपी अम्बरबहादुर थापाले बताए।

उनका अनुसार ती महिलाले आज दिउँसाे चुत्राबेशीस्थित एक प्रतिक्षालयमा आत्मदाहकाे प्रयास गरेकी थिइन्। 

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकी उनकाे अहिले थप उपचारकाे लागि पाल्पा रिफर गर्न लागिएकाे डिएसी थापाले बताए।

'शरीरमा मट्टीतेल खनाएर आत्मदाहकाे प्रयास गरिरहेकाे अवस्थामा हामीले उद्दार गरेर जिल्ला अस्पताल ल्याएका छाैँ', थापाले भने,'डाक्टरकाे सल्लाह अनुसार उहाँलाई थप उपचारकाे लागि पाल्पा पठाउने तयारी परिवारले गरेकाे छ।'

ती महिलाले यसअघि पनि मदिरा सेवान गरी जथाभावी हिड्ने गरेकाे र याे घटना पनि मदिराकाे नशामा भएका बेला हुन सक्ने डीएसपी थापाले बताएका छन्। घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-10-19 17:16:00

प्रतिकृया दिनुहोस्